सञ्जालमा हाम्रो गोपनीयता खोइ ?

सञ्जालमा हाम्रो गोपनीयता खोइ ?

सूचना र प्रविधिको युगमा, सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ ।

१९औं शताब्दीमा कम्प्युटरको आविष्कार र सन् १९६० को दशकको अन्त्यतिर इन्टरनेटको आविष्कार पछि, हाम्रो अधिकांश काम अनलाइनमार्फत गरिन्छ । आम मानिसको वर्षौंदेखि अनलाइन प्लेटफर्महरूमा निर्भरता बढ्दै गएको छ, र मानिसहरूले सिक्ने, व्यवसाय, मनोरञ्जन, सामाजिकीकरण, आदिजस्ता विभिन्न उद्देश्यका लागि विविध अनलाइन प्लेटफर्महरू प्रयोग गर्न थालेका छन् । सूचना र सञ्चार प्रविधिमा बढ्दो प्रगतिले आमनागरिकको दैनिक जीवनलाई सरल, सहज र छरितो बनाउन सञ्चार प्रक्रियाले आमूल परिवर्तन ल्याएको छ । 

सूचना र प्रविधिको यस युगमा, सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ । यसले हामीलाई एकअर्कासँग अन्तरक्रिया गर्ने तरिका र हामीले जानकारी उपभोग गर्ने र साझा गर्ने तरिकामा परिवर्तन ल्याएको छ । सामाजिक सञ्जालका धेरै फाइदाहरू भए पनि, यसले व्यक्तिगत गोपनीयताको बारेमा चुनौतीको लहरहरूलाई निम्त्याएको छ । सामाजिक सञ्जालको प्रयोग सर्वव्यापी बन्दै गए पनि, यी सञ्जालहरूको सुरक्षा र गोपनीयता बढ्दो चिन्ताको विषय बनेको छ ।

रिचर्ड बी पार्करले आफ्नो पुस्तक गोपनीयताकाबारे लेखेका छन्,  ‘गोपनीयता भनेको हाम्रो विभिन्न भागहरू कसले र कहिले अरूले महसुस गर्न सक्छन् भन्ने कुरामाथि नियन्त्रण हो ।’ ‘विभिन्न भागहरू’ भन्नाले, उहाँले हाम्रो शरीरका अंगहरू, हाम्रो आवाज र हाम्रो शरीरको उत्पादनलाई बुझाउनुहुन्छ । यसमा ती वस्तुहरू पनि समावेश छन् जससँग हामी धेरै नजिकबाट सम्बन्धित छौं र जुन हामीलाई मात्र पहुँचयोग्य छन् । ‘अरूबाट महसुस गरिएको’ भन्नाले तिनीहरूले देखेका, सुँघेका, सुनेका, स्वाद लिएका वा अरूले छोएका छन् भन्ने बुझिन्छ । 

गोपनीयताको हक भन्नाले व्यक्तिहरूले आफ्नो व्यक्तिगत जानकारीको संकलन, प्रयोग र खुलासा नियन्त्रण गर्ने हकलाई जनाउँछ । यसमा कुन जानकारी संकलन भइरहेको छ, कसरी प्रयोग भइरहेको छ, र त्यसको प्रयोगमा सहमति दिने वा नदिन पाउने अधिकारहरू समावेश भएको हुन्छ । सामाजिक सञ्जालको प्लेटफर्महरूले प्रयोगकर्ताको डेटा संकलन र साझेदारी गर्ने भएकाले गोपनीयता हक अहिलेको परिवेशमा महत्त्वपूर्ण छ । अहिलेको वर्तमान डिजिटल युगमा यी अधिकारहरूलाई बुझ्न र सुरक्षित गर्न महत्त्वपूर्ण देखिन्छन् । 

नेपालको संविधान, २०७२ को धारा २८ ले गोपनीयताको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनेर संविधानमा व्यवस्था गरिएको छ । त्यसैगरी संविधानमा प्रत्याभूत गोपनीयताको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ र वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली २०७७ पनि जारी गरी लागू भइसकेको छ । यी ऐन र नियमावलीले व्यक्तिगत सूचना, दस्तावेज, पत्राचार, तथ्यांक वा चरित्र आदिको गोपनीयता राख्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि यसले सबै क्षेत्र तथा पक्षलाई र तथ्यांक संरक्षणको व्यवस्थालाई आवश्यक र पर्याप्त रूपमा समेट्न सकेको छैन ।

गोपनीयताको हकसम्बन्धी व्यवस्था अन्य कानुनहरू जस्तै मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० मा पनि व्यवस्था गरिएको छ । कानुनले गोपनीयतासम्बन्धी उल्लेखनीय रूपमा व्यवस्था गरिदिए पनि यसको कार्यान्वयन भने फितलो रहेको छ । अहिले आम मानिस न त आफ्नो गोपनीयताको हकमाथि सचेत छन् न त अन्य नागरिकको । मिथ्या समाचार र सूचनाको पछि लागेर कुनै पनि प्रमाणीकरण बिना नै सामाजिक सञ्जालमा आफ्ना तर्क र बेतर्क राख्न हतारिन्छन् जस्ले गर्दा उनीहरू स्वयम् र अन्यलाई पनि कानुनी तरोवरमा तानिन्छन् जानेर होस् या नजानेर । यसकारण सबै नागरिकलाई गोपनीयता के हो, कानुनी व्यवस्था के छ, के गरे गोपनीयता भंग हुन्छ, यसको अधिकारलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सामान्य जानकारी हुन आवश्यक देखिन्छ । 

आर्थिक लाभ, लालस, डर, त्रास र धम्काइ उनीहरूको गोपनीयता भंग गरेको घटना आज साइबर ब्युरोमा मुद्दाको चाङ नै लागिसकेको छ।

सामाजिक सञ्जालको सन्दर्भमा गोपनीयतालाई आवश्यकतालाई कम बुझिएको छ र यसले गर्दा सामाजिक सञ्जालमा गोपनीयताको उल्लंघनका घटनाहरू बढ्दै गएको छ । समाचार रिपोर्टहरू र उपाख्यानात्मक प्रमाणहरूले महिला र किशोरकिशोरीविरुद्ध गोपनीयताको आक्रमणका धेरै घटनाहरू घटने गर्छ । सामाजिक सञ्जालमा कुनै जानकारी पोस्ट गर्ने र पुनः पोस्ट गर्ने धेरै प्लेटफर्महरूले महिलाहरूले साझा गर्न चाहेको व्यक्तिगत डेटा नियन्त्रण र नियमन गर्न गाह्रो बनाएको छ । निजी तस्बिर र भिडियोहरूको भाइरल सामाजिक सञ्जालमा एक सामान्य समस्या नै बनिसकेको छ । सामाजिक सञ्जालमा धेरैजसो महिलाहरू हिंसाको चपेटामा परेका छन् । आर्थिक लाभ, लालस, डर, त्रास र धम्काइ उनीहरूको गोपनीयता भंग गरेको घटना आज साइबर ब्युरोमा मुद्दाको चाङ नै लागिसकेको छ । 

आज सामाजिक सञ्जालहरू ह्याकरहरू र असामाजिक गतिविधि गर्ने अन्य अपराधीहरूको लागि रोजाइको प्लेटफर्म बन्दै गइरहेका छन् । यी मिडियाहरूले व्यक्तिको जन्म मिति, बसोबास स्थान, काम व्यवसायको स्थानदेखि लिएर परिवार र अन्य व्यक्तिगत गतिविधिहरूको बारेमा जानकारीसम्मको ठूलो मात्रामा डेटा जानकारी प्रदान गर्छन् । धेरै अवस्थामा प्रयोगकर्ताहरूले अञ्जानमा त्यस्तो जानकारी प्रकट गर्छन् जुन खतरनाक र अनुपयुक्त दुवै हुन सक्छ । 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्तो उदीयमान प्रविधिहरूले मानिसको वैयक्तिक गोपनीयतामा खलल पार्ने कार्य भइरहेको छ । मानिसको दैनिक जीवनमा आवश्यक पर्ने शिक्षा, रोजगार, कार्यक्षेत्रको कार्य गर्न सहज बनाउन आविष्कार गरिएको एआई अहिले दुरुपयोगको माध्यम बनेको छ । केही कुराको छोटो र छिटो जानकारी दिन सक्ने एआईको प्रयोग गरी नक्कली सामग्री प्रचारप्रसार गर्दा एक मानिसको गोपनीयतामात्र नभई देशको सुरक्षा प्रणालीमा पनि खलल पर्ने कार्य दिनप्रतिदिन बढ्दो छ । डिजिटल क्षेत्रमा मानव अधिकारको प्रभावकारी रूपमा संरक्षण गर्न र कानुनी शासनका सिद्धान्तहरूलाई समर्थन गर्न नसक्दा लामो समयसम्म राष्ट्रिय र विश्वव्यापी सुरक्षा दुवैका प्रमुख तत्त्वहरूलाई उल्लेखनीय रूपमा कमजोर पारिएको छ । 

सामाजिक सञ्जालको गोपनीयता किन उच्च प्राथमिकतामा हुनुपर्छ ? पहिलो भनेको आफ्नो पहिचान सुरक्षा । सार्वजनिक रूपमा उपलब्ध विवरणहरू जस्तै हाम्रो पहिचान चोर्न वा अनलाइन हाम्रो नक्कल गर्न गलत नियत भएका व्यक्तिहरूले जन्मदिन, स्थान, वा कार्यस्थललाई एकसाथ मिलाउन सक्छन् । जसबाट उनीहरूले हाम्रो व्यक्तिगत डाटा प्रयोग गरी आर्थिक लाभ लिन सक्छ । दोस्रो भनेको घोटाला र फिसिङ हो साइबर अपराधीहरू प्रायः सामाजिक सञ्जालमा पाइने जानकारी प्रयोग गरेर घोटाला वा फिसिङ प्रयासहरू गर्छन्, जसले गर्दा आम नागरिकको आर्थिक र व्यक्तिगत डेटा जोखिममा पर्छ । तेस्रो रहेको छ । उत्पीडनविरुद्ध सुरक्षाका लागि गोपनीयता अत्यन्तै आवश्यक रहेको छ जति धेरै देखिने हाम्रा गतिविधि र जानकारीको बारेमा सञ्जालमा पोस्ट गर्दा हामीलाई अनावश्यक सम्पर्क, उत्पीडन वा पछ्याउने सम्भावना त्यति नै बढी हुन्छ ।

मौलिक हकका रूपमा हाम्रो संविधान तथा अन्य कानुनी प्रावधानले नै व्यवस्था गरिदिएको गोपनीयतालगायतका हकको सुनिश्चितता हुनुपर्छ । कोही पीडितहरूको गोपनीयता भंग गर्ने गरी मिडिया तथा सामाजिक सञ्जालमा सूचना तथा सामाग्रीहरू प्रस्तुत गर्न हुँदैन ताकी भोलि पनि पीडितहरूले निर्धक्कसँग समाजमा अरूले झैं बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ । गोपनीयताको अधिकार र यसको विकासको गहन विश्लेषण मानिसहरू सामाजिक प्राणीको रूपमा परिचित भए पनि, व्यक्तिको जीवनको एउटा पक्ष सधैं यस्तो हुन्छ जुन व्यक्तिले व्यक्तिगत राख्न चाहन्छ वा अरू कसैबाट साझा गर्न चाहँदैन । यस कुराको ख्याल सबैले गर्नुपर्छ । 

लाइक, फलोअर्स र अनलाइन प्रमाणीकरणको खोजीमा, हामीले बिस्तारै हाम्रो सबैभन्दा बहुमूल्य सम्पत्तिहरूमध्ये एक गोपनीयतालाई गुमाएका छौं । हाम्रो सार्वजनिक र निजी जीवनबीचको प्राकृतिक सीमा पहिले हामीले अनलाइनमा धेरैभन्दा धेरै कुराहरू साझा गर्दा धमिलो हुँदै गएको छ । पारिवारिक तस्बिरहरू पोस्टको गर्नेदेखि लिएर हाम्रो दैनिक दिनचर्याहरू साझा गर्नेसम्म, हामी स्वेच्छाले व्यक्तिगत क्षणहरूलाई डिजिटल दर्शक समक्ष उजागर गर्छौं जुन हाम्रो नियन्त्रणभन्दा धेरै टाढा फैलिएको छ । डिजिटल प्रविधिको युगमा, हाम्रो गोपनीयताको सुरक्षा गर्नु आवश्यकभन्दा अति आवश्यक रहेको छ । यदि हामीले त्यसो गरेनौं भने, हामीले हाम्रो व्यक्तिगत जानकारी व्यवस्थापन गर्ने स्वतन्त्रता र इन्टरनेटको आँखाबाट लुकेर वास्तविक जीवन बिताउने क्षमता दुवै गुमाउने खतरा हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.