हतारको विकासले सास्ती खेप्दै यात्रु

हतारको विकासले सास्ती खेप्दै यात्रु
हिलाम्मे भीमदत्त राजमार्ग । तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : सुदूरपश्चिमका पहाडी जिल्लाबाट तरार्ई जाने यात्रुहरूले सास्ती भोग्नुपरेको छ । डडेल्धुराको बागबजारदेखि कैलालीको गोदावरीसम्म जोड्ने भीमदत्त राजमार्गमा भइरहेको हतारको विकास निर्माण कार्यले यात्रु तथा सवारीहरूले सास्ती भोग्नुपरेको हो ।

भीमदत्त राजमार्गको सडकखण्डमा वर्षा लागेसँगै सडक कालोपत्र गर्न पुरानो कालोपत्रे खोलिएको छ । उक्त खोलिएको भागमा सडकमा खाडल र हिलाम्मे भई जोखिम बढेका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको छ । तरार्ई र पहाडलाई जोड्ने भीमदत्त राजमार्गको कालोपत्रे सडक मर्मत गर्न विभन्न ठाउँहरूमा खाल्डाखुल्डी परिएका कारण राजमार्गको यात्रा जोखिमपूर्ण र कष्टकर भएको हो ।

राजमार्गअन्तर्गत डडेल्धुराको गैरा मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा पुरानो सडक खनेर समयमा निर्माण तथा मर्मत नहुँदा समस्या उत्पन्न भएको हो । वर्षातको समयमा मर्मत गर्न पारिएका खाल्डाखुल्डीले यात्रुहरूलाई मात्र नभई सवारीचालक र सवारीसाधनमासमेत क्षति भइरहेको चालकहरूको भोगाइ रहेको छ । हिउँदमा नै गर्नुपर्ने काम वर्षातको समयमा सुरु गर्दा सबैले सास्ती खेप्न परिरहेको राजमार्गका व्यापारीहरूको भनाइ छ । अहिले हिलाम्मे छ, पानी राकिए धोलोको समस्या भोग्नुपर्ने साहुँखर्कका व्यापारीहरूको दुखेसो छ । निर्माण कम्पनीले मर्मत सुरु गरे पनि समयमा काम नसक्दा र सडकमा ग्राभेल नहाल्दा सडक हिलाम्मे र खाल्डाखुल्डी भई हिलाम्मे भएको छ ।

सडकमा पानी जमेर खाल्डाखुल्डी गहिरिँदा सवारी आवतजावत झन् जोखिमपूर्ण बनेको छ । वर्षायाममा हुने विकास निर्माण, हतारको कार्य र निर्माण कम्पनीको लापरबाहीले कष्टकर यात्रा गर्नु परिरहेको यात्रुको दुखेसो छ । वर्षामा भीमदत्त राजमार्गको सडक पार गर्नु भनेको गाडी बिग्रने वा फस्ने जोखिमका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको सवारीचालक करन दियाले बताए । सडक खनेर छोडियो, ग्राभेल हालिएको छैन, अहिले झन् हिलो र फोहोरले यात्रु हैरान छन्, सडकपार गर्न र अर्को साइडबाट आएको गाडीलाई साइड दिन नै धौ–धौ हुने गरेको अर्का चालक रमेश अवस्थीको दुखेसो छ । निरन्तरको वर्षा र हिलाम्मे सडकले यात्रु र सवारीचालक तथा सवारीसाधनसमेत मार्कामा परिहरका छन् । 

सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यस सडकखण्डको मर्मत दुईपटक टेन्डर भए पनि निर्माण कम्पनीले समयमै जिम्मेवारी पूरा नगरेको कार्यालयको गुनासो रहेको छ । पटक–पटक गुनासोपछि सडक डिभिजनले केही ठाउँमा ग्राभेल हाल्न लगाएको भए पनि वर्षाले त्यो पनि हिलाम्मे भई झन् सडकको हैसियत नै बिग्रेको छ । साताअघि गृहमन्त्री रमेश लेखकको सुदूरपश्चिम भ्रमणका क्रममा भिमदत्त राजमार्गको हिलाम्मे ठाउँमा ग्राभेल हाल्न निर्देशन दिइए पनि स्थायी समाधान हुन सकेको छैन ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सडक डिभिजन कार्यालयलाई पटकपटक ताकेता गरी जनताले भाग्नु परेको समस्या समाधानका लागि छलफल गरिएको जनाएका छन् । निर्माण कम्पनीलाई वर्षातको समयमा नखोल्नु पर्ने सडक खोल्दा यात्रुले सास्ती भोग्नु परेकाले त्यसको समाधानका लागि निरन्तर ठेकेदारहरूलाई निर्देशन गरिएको जनाए । यसका लागि समाधानको उपाय खोजि ग्राभेल गर्नेकार्य भई रहेको तर निरनतर पानि परेकाले हिलाम्मे भएको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । यसका साथै उक्त सडक प्रमुख जिल्ला अधिकारी गौतम आउनुपूर्व नै मर्मत गर्नका लागि खोलिएको थियो । 

समस्या समाधानका लागि निर्माण कम्पनी र सडक डिभिजनसँग समन्वय गरी केही ठाउँमा ग्राभेल हाल्ने कार्य पनि भएको तथा मुख्य राजमार्ग भएकाले तत्काल बाँकी काम सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ गौतमले बताए । राजमार्गको समयमा गुणस्तरीय मर्मत नहुँदा यात्रु र सवारी चालक दुवैले दैनिक सास्ती खेप्न बाध्य रहेका छन् । निर्माण भइरहेको कालोपत्रेको पनि गुणस्तर मापन हुनुपर्ने सरोकारवाला जनाउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.