जाजरकोटमा साइबेरियाली मलसाँप्रो सूचीकृत

जाजरकोटमा साइबेरियाली मलसाँप्रो सूचीकृत
जाजरकोटको बारेकोटमा ट्र्याप गरेको क्यामेरामा कैद भएको साइबेरियाली मलसाँप्रो ।
सुन्नुहोस्

जाजरकोट : जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सूचीकृत भएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जीव विज्ञान विभागद्वारा नियमित प्रकाशित हुने नेप्लिज जर्नल अफ जुलोजीमा प्रकाशित लेखमार्फत पहिलो पटक जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सूचीकृत गरिएको छ ।

प्रकृति संरक्षण अभियान नेपालले जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलमा ट्र्याप गरेको क्यामेरामा साइबेरियाली मलसाँप्रो कैद भएको कार्यक्रम संयोजक बद्री बरालले जानकारी दिए ।   मस्टेलिड प्रजातिअन्तर्गत नेपालमा सूचीकृत भएका १३ प्रजातिका जनावरहरूमध्ये हालसम्मको अनुसन्धानबाट जाजरकोट जिल्लामा चार प्रजातिका मस्टेलिड जनावरहरू सूचीकृत भएको कार्यक्रम संयोजक बरालले बताए ।

जाजरकोटमा सूचीकृत भएका चार प्रजातिका मस्टेलिड जनावरहरूमध्ये साइबेरियाली मलसाँप्रो, पित्तोदार मलसाँप्रो, मलसाँप्रो तथा कालो ओत रहेका कार्यक्रम संयोजक बरालले बताए । उनले भने, ‘साइबेरियाली मलसाँप्रोलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका साथै, नेपालका स्तनधारी जीवहरूको स्थितिसम्बन्धी राष्ट्रिय रेड लिस्टअनुसार ‘कम चिन्ताजनक’ श्रेणीमा मूल्यांकन गरिएको छ ।’

प्रकृति संरक्षण अभियान नेपालका कार्यक्रम संयोजक बद्री बरालको नेतृत्वमा दीपकराज बस्नेत, जीवन राईका साथै स्थानीयमा कुशे गाउँपालिकाका जागृति शाही, दिनेश बस्नेत, बारेकोट गाउँपालिकाका गोविन्दबहादुर सिंह र नलगाड नगरपालिकाका धीरेन्द्र ध्यारसहितको टोलीले क्यामेरा ट्र्याप गरेर विभिन्न वन्यजन्तुको सर्वेक्षण गरेका थिए । उक्त टोलीले गरेको सर्वेक्षणबाट साइबेरियाली मलसाँप्रो सूचीकृत गर्न सफल भएको थियो ।

हालसम्म नेपालको गौरीशंकर संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी–नम्पा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र मकालु वरुण राष्ट्रिय निकुञ्जमा साइबेरियाली मलसाँप्रो सूचीकृत भएको थियो । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र बाहिर हुम्ला र मुगुमा सूचीकृत भएको थियो ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौंको केन्द्रीय जीव विज्ञान विभागको नेप्लिज जर्नल अफ जुलोजीमा लेख प्रकाशित भएपछि पहिलो पटक जाजरकोटमा साइबेरियाली मलसाँप्रोको उपस्थिति औपचारिक रूपमा सूचीकृत भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.