साउदीले ६५ जना नेपालीलाई दियो आममाफी

साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
सुन्नुहोस्

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर सम्बन्धित कम्पनीबाट भागेर साउदी सरकारको कानुन नियम विपरीत काम गरि जेल सजाय भोगेका ६५ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ। 

दूतावास रियादका अनुसार पवित्र महिना रमजान १४४६ को अवसर पारी साउदीको जेलमा रहेका ६५ जना नेपालीलाई साउदीले सरकारले दूतावासलाई लिखित रूपमा सूचना दिई आममाफी दिएको जानकारी गराएको छ साथै नेपाली राजदूतावासले उनीहरूको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी दिएको जानकारी समेत दिएको छ भने आममाफी पाउने साउदीका विभिन्न सहर र विभिन्न जेलमा रहेका थिए। 

आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोग्नु परेको थियो। साउदी अरबमा लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ।

साउदी सरकारले आममाफीका लागि ९० दिनको समय तोकेको हुन्छ। साउदीमा तीन करोड ८४ लाख जनसंख्या मध्ये एक करोड २० लाख आप्रवासी कार्यरत रहेका छन् भने हालसम्म कानुनविपरीत गतिविधि गर्ने ५ सय ४४ नेपाली जेलमा समेत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.