तस्बिरमा हेर्नुहोस् जनै पूर्णिमा पर्वको उल्लास
काठमाडौं : आज देशभर हिन्दु धर्मावलम्बीले जनै पूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। विशेषगरी ब्राह्मण, क्षेत्री, वैश्य जातिहरूले पूजाअर्चना गरी पुरानो जनै फेर्ने तथा नयाँ जनै धारण गर्ने गर्छन्।
पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनले पवित्र बागमती नदीमा स्नान गरी जनै फेर्ने गरेका छन्।
यसै अवसरमा वैदिक विधिअनुसार अध्ययनरत बटुकहरूले विशेष धार्मिक अनुष्ठान गर्ने गरेका छन्। टुकहरूले गुरुको सानिध्यमा यज्ञ, तथा वेदपाठ गरेर पवित्रता, ज्ञान र धर्मपालनको संकल्प लिन्छन्।
जनै पूर्णिमा बटुकहरूका लागि विशेष दिन मानिन्छ। यसमा उनीहरूले आफ्नो अध्ययन, आचरण र ब्रह्मचर्य जीवनको पुनः संकल्प लिन्छन्।
जनै पूर्णिमाका अवसरमा रक्षाबन्धन बाँध्ने प्रचलन पनि रहेको छ। पण्डितहरूले रक्षासूत्र बाँधी दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्छन्।












प्रतिक्रिया दिनुहोस !