कैलाली कारागार घटनाबारे छानबिनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन

कैलाली कारागार घटनाबारे छानबिनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन
सुन्नुहोस्

धनगढी : जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए।

समितिलाई १० भित्र आवश्यक छानबिन विधिको प्रयोग गरी प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ। कैलाली कारागारमा कैदीबन्दीका दुई समुहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.