कर्णालीमा कांग्रेस र एमालेको संयन्त्रको बैठकमा के भयो सहमति ?

कर्णालीमा कांग्रेस र एमालेको संयन्त्रको बैठकमा के भयो सहमति ?
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक बसेको छ। दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकार सञ्चालनमा गठबन्धनको मर्मअनुरुप अघि बढ्ने निष्कर्ष निकालेको छ। 

बैठकमा सहभागी नेकपा एमालेका प्रदेश अध्यक्ष गुलावजंग शाहले दुई दलबिच बनेको सरकारलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए। उनले एक वर्षमा सरकारले गरेका काम कारबाहीको समिक्षासँगै सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए। कांग्रेस–एमालेबिच सत्ता साझेदारीमा खटपट भएको भनि गरिएको प्रचारमा सत्यता नरहेको समेत अध्यक्ष शाहले बताए।

‘प्रदेशका विभिन्न निकायमा खालि रहेका पदाधिकारी तत्काल नियुक्त गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन साझा धारणा तय गर्ने तथा सरकार सञ्चालनको एक वर्षलाई समीक्षा गर्ने दुई दलबीच सहमति भएको छ,’ अध्यक्ष शाहले भने। 

बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कडेल, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र अध्यक्ष गुलावजंग शाह सहभागी थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.