तस्बिरमा हेर्नुहोस् शोक र हास्यको पर्व गाईजात्राको उत्साह
काठमाडौं : आज काठमाडौं उपत्यका र अन्य क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गाईजात्रा उत्साहपूर्वक मनाइँदैछ। यो पर्व भद्र मासको कृष्ण पक्षको पहिलो दिन अर्थात् कृष्ण प्रतिपदामा पर्ने गर्दछ।
प्रचलनअनुसार दिवङ्गत भएका आफन्तलाई सम्झेर, गाईपोशाक लगाएका मानिस अथवा गाई झल्किने बालबालिकाले नगर तथा सडकमा परिक्रमा गर्दछन्। सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही र केही नगद प्रदान गरी श्रद्धा प्रकट गरिन्छ।
यस पर्वको सुरु मल्ल राजा प्रताप मल्लले आफ्नी रानीको शोक कम गर्न सुरु गरेका थिए ।
अहिले गाईजात्रा कार्यक्रमले मनोरञ्जन, व्यङ्ग्य, नाचगान र समाजप्रति व्यङ्ग्यात्मक अन्तर्दृष्टिलाई पनि समेटेको छ। यसै अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।














प्रतिक्रिया दिनुहोस !