डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु, ६ घाइते
बैतडी : डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका -५ को उकल्लीकाणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप बिहीबार बिहान करिब साढे ८ बजेतिर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका -५ का सुरेस साउद, सोही वडाका २३ वर्षीय सुरेस पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।
जिप दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा-५ की १८ वर्षीया सुसिला विक,सोही वडाकी ४ वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्दबहादुर साउद, चालक ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश विक रहेका छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !