गृहमन्त्रीलगायत सबै दोषीमाथि कारबाही गर्न रास्वपाको माग
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजीले गरेको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै भर्त्सना गरेको छ। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो।
रास्वपाले गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ,ʻनेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ।ʼ
मृत्यु भएका जेनजीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रास्वपाले सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस !