धनगढीस्थित देउवा निवासमा आगजनी, मुख्यमन्त्रीको गाडी तोडफोड
धनगढी : जेनजी पुस्ताका युवाहरूले धनगढीमा रहेको शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् भने मुख्यमन्त्री कार्यालयमा पनि तोडफोड गरेका छन्।
धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवाको निवासमा युवाहरूले केहीबेरअघि आगजनी गरेका हुन्। देउवा निवास मर्मत भइरहेको थियो । नाराबाजी गर्दै निवासमा पुगेका युवाहरूले आगजनी गरेका हुन्।
यस्तै मुख्यमन्त्री कमल बहादुर शाहले चढ्ने गाडीमा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। मुख्यमन्त्री कार्यालय भित्रै प्रवेशको तयारी गरेका उनीहरूले कार्यालय बाहिर राखिएको गाडीमा तोडफोड गरेका हुन्।
बिहानदेखि शान्तिपूर्ण भइरहेको आन्दोलन उग्र बनिरहेको प्रहरीले जनाएका छ।
प्रतिक्रिया दिनुहोस !