डडेल्धुरा कारागारबाट भागेका ८५ जनामध्ये ३३ जना नियन्त्रणमा

डडेल्धुरा कारागारबाट भागेका ८५ जनामध्ये ३३ जना नियन्त्रणमा
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ जना कैदीबन्दी नियन्त्रणमा आएका छन् । जेन जि आन्दोलनपश्चात् आज बिहान आन्दोलन गरी डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीवन्दी मध्ये ३३ जनाले नेपाली सेनाको सहयोगमा प्रहरीले पुन: समातेको हो ।

नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार ३३ जना कैदीलाई नियन्त्रणमा लिइएको हो । बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । 

सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् । विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् ।

भागेका कैदीहरुलाइ खोज्ने क्रम जारी रहेको डडेल्धुरा कारागार प्रमुख सन्तोष भट्टले बताए । डडेल्धुरा कारागारमा १२७ जना कैदीबन्दी थिए । ३३ जना फरार कैदिबन्दिलाई समातेको अन्यको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.