शान्ति र संविधान रक्षाका लागि जाजरकोटमा प्रदर्शन
जाजरकोट : जाजरकोटमा शान्ति र संविधान रक्षाका लागि जिल्ला सदरमुकाम खलंगामा सर्वपक्षीय सद्भाव र्यालीसहित प्रदर्शन गरिएको छ।
संविधानको रक्षा गर, लोकतन्त्र मास्न पाइँदैन, शान्ति र सद्भाव कायम गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको छ। प्रदर्शनपछि आयोजित कोण सभामा विभिन्न दल निकट युवाहरूले सम्बोधन गर्दै खबरदारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस !