संविधानसम्मत तरिकाबाटै वर्तमान समस्याको समाधान खोज्न दलहरूको आग्रह
जाजरकोट : केन्द्रमा राजनीतिक दलले साझा धारणा सार्वजनिक गर्न नसकिरहेका बेला जाजरकोटमा भने संविधान सम्मत तरिकाबाटै वर्तमान समस्याको समाधान खोज्न जाजरकोटका प्रमुख ६ राजनीतिक दलहरूले आग्रह गरेका छन्।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा, र नेकपा बहुमत गरी ६ पार्टीका जिल्ला स्तरीय नेतृत्वको दलीय संयन्त्रको तर्फबाट एक विज्ञप्ति प्रकाशित गरी अहिलेको संवेदनशील समयमा शान्ति, लोकतन्त्रको रक्षा र समस्याको निकासका लागि अपील गरेका हुन्।
दलहरूले निकालेको विज्ञप्तिमा काठमाडौं लगायतका देशभर भएको प्रदर्शनका क्रममा भएको लुटपाट, आगजनी, तोडफोडमा संलग्नलाई कारबाही, संवैधानिक प्रक्रियाबाटै निकास खोजिनुपर्ने, लोकतान्त्रिक गणतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप हुन नदिन सम्बद्ध पक्षलाई गम्भीर हुन आग्रह गर्ने लगायतका धारणा सार्वजनिक गरिएको हो।
प्रतिक्रिया दिनुहोस !