जेन–जी आन्दोलनका एजेन्डा

जेन–जी आन्दोलनका एजेन्डा

जेन—जीहरूले उठाएको नेपाली समाज र शासन प्रणालीमा विद्यमान नातावाद, कृपावाद र समाजमा सल्किरहेको भ्रष्टाचारविरुद्धको यस अभियानमा पनि सुशासनको एजेन्डाले सबैलाई आकर्षित ग‍र्‍यो।

सन् १९९७ देखि सन् २०१२ को अवधिमा जन्मिएका नवजवानहरूको जनसंख्या नै जेन-जी हो। यो पुस्तालाई आफ्नो व्यक्तिगत हित र चासोलाई मात्रै प्राथमिकता दिने नागरिकीय जिम्मेवारीप्रति बेवास्ता गर्ने र आधुनिक सूचना प्रविधिको उच्चतम् उपयोग गरेर जीवन चलाउने पुस्ताका रूपमा चिनिन्छ। तर, आकस्मिक रूपमा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको प्रतिरोधसहित भदौ २३ गते जेन-जी आन्दोलनको तय भयो। यसका अलवा जेन-जी नवयुवाहरूले शासन प्रणालीमा देखिएका विकृति र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने लोकप्रिय नारा तय गरे। सुशासनको नारा विभिन्न समयमा भिन्नभिन्न कोणबाट आइरहेको नै थियो। यद्यपि जेन- जीहरूले उठाएको नेपाली समाज र शासन प्रणालीमा विद्यमान नातावाद, कृपावाद र समाजमा सल्किरहेको भ्रष्टाचारविरुद्धको यस अभियानमा पनि सुशासनको एजेन्डाले सबैलाई आकर्षित गर्‍यो।

लोकतान्त्रिक शासन व्यवस्थामा सरकारले जनअपेक्षाअनुसार डेलिभरी दिन नसकेको अवस्था र सोप्रति युवाहरूको आक्रोश जेन-जी आन्दोलनमा आगोकम घिउ थप्ने काम बन्न पुग्यो। भदौ २३ गतेको जेन- जीहरूको विरोध कार्यक्रममा निहत्था विद्यार्थी युवाहरूको हत्यापश्चात् जेन- जीहरूमा तीव्र प्रतिशोधको भावना उर्लियो। र, सरकारप्रति असन्तुष्ट पक्षहरूको समेत संलग्नतामा भदौ २४ गते देशव्यापी रूपमा आगजनी, तोडफोड, चोरी, लुटपाटसहितको विध्वंसात्मक गतिविधिहरू भयो। यसै उपक्रममा अतिकम विकसित मुलुकको वर्गमा रहेको देशमा यो तहको अपूरणीय मानवीय र भौतिक क्षति व्यहोर्नुपर्‍यो। यसको असर राज्य तह भई करिबकरिब सरकारविहीनता, कानुनी शासनविहीनता र राज्य शून्यताको अवस्था देखा प‍र्‍यो।

विध्वंसात्मक गतिविधिहरू आक्रमक हुँदै गएपछि नागरिक तहमा समेत असुरक्षा र आतंकको महसुस हुन पुग्यो। उक्त समयमा नेपाली सेनाले अग्रसरता लिई तत्काल निषेधाज्ञा र कफ्र्यु लगाई हिंसात्मक र ध्वंसात्मक स्थितिलाई नियन्त्रण लिँदा थप धनजनको क्षति हुन सकेन। यो संकटको स्थितिलाई निकास दिन नेपाली सेनाबाट आन्दोलनरत जेन-जी समूहका प्रतिनिधिहरूलाई विश्वासमा ल्याई विद्यमान संकट समाधानका लागि अग्रसरता लिइयो। नेपाली सेनाको पहलमा संकट समाधानका लागि राष्ट्रप्रतिसँग जेन- जीका प्रतिनिधिहरूसँग निरन्तर संवादपछि सहमति भई अन्तरिम सरकार गठन गरी जेन-जी आन्दोलन अवतरण भइरहेको छ।

जेन-जी एजेन्डा
तत्कालीन रूपमा सामाजिक सञ्जाल माथिको प्रतिबन्धलाई लिएर सुरुवात भएको जेन-जी आन्दोलनले नेपाली समाजमा संस्थागत हुँदै गएको भ्रष्टाचार र राजनीतिक दलमा मौलाएको नातावाद र कृपावादलगायतका विकृतिविरुद्ध अपूर्व आवाज बुलन्द गरे। जेन-जी आन्दोलनको धरातलीय कारण विश्लेषण गर्ने हो भने मुलुकको तत्कालीन राजनीतिक अकर्मण्यता र नेपालको कमजोर अर्थतन्त्र रहेको पाइन्छ। राजनीतिक दलहरूबीच पालैपालो सत्तामा पुग्न म्युजिकल रेस हुने र सरकारले जनताका इच्छा आकांक्षालाई डेलिभरी नगर्ने परिस्थितिबाट वाक्क भएका नागरिकहरूको जेन-जी आन्दालेनमा मौन स्वीकृति रह्यो। समाजमा व्याप्त चरम बेरोजगारी र गरिबीका कारण नागरिकले आधारभूत आवश्यकतामा सहज पहुँच नहुँदा सरकारप्रति विद्रोही मानसिकता विस्तार हुँदै गएको सन्दर्भमा जेन-जी आन्दोलन बढी आक्रामक बन्न पुगेको हो। 

जेन-जी आन्दोलन उत्कर्षमा पुगेको सन्दर्भमा नेपाली समाजमा एकपटक जबरजस्त रूपमा जेन-जी एजेन्डाहरू स्थापित हुन पुगेका छन्। जेन-जी आन्दोलनका सिंहावलोकन गर्दा राजनैतिक संयन्त्र र प्रणालीमा व्याप्त विकृतिले आजित नागरिकको पहिलो निशाना शासन सञ्चालनको बागडोर सम्हालेका राजनीतिक दलका नेता कार्यकर्ताहरू माथि परेको देखियो। यसले आगामी दिनमा राजनीतिक प्रणालीमा व्यापक पुनर्संरचना हुनुपर्ने आवाज बुलन्द भएको छ। यसका साथै सार्वजनिक प्रशासनमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणको मुद्दा प्राथमिकताका साथ उठ्यो। शासन प्रणालीमा विद्यमान अनियमितता र फोहोर बढारेर नागरिकप्रति संवेदनशील शासनको एजेन्डा मुखरित भएको छ। आगामी शासकीय संरचना र अभ्यासमा नागरिकप्रति संवेदनशीलता अबको जरुरी मान्यता हो।

जेन-जी आन्दोलनको अर्को एजेन्डा नेतृत्वमा पुस्तान्तरण व्यवस्थापन रहेका पाइन्छन्। प्रतिभाशाली युवालाई नेतृत्व हस्तान्तरणको मुद्दा अत्यधिक पेचिलो भएर उठेको छ। अबका दिनमा युवा समुदायको परिचालन र नेतृत्व व्यवस्थापनलाई राष्ट्रनिर्माणका हरेक आयाममा आत्मसात् गर्नुपर्छ। जेन-जी आन्दोलनले मूलत राज्य सञ्चालन प्रक्रियामा युवाहरूको मौलिक भूमिकाको एजेन्डालाई स्थापित गरेको छ। यसका साथै नेपाली समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य नागरिक आवाज सुन्ने र बुझ्ने सरकार र नीति सिद्धान्त र कार्यक्रमा आधारित राजनीतिक दल एवं जनमुखी कार्यशैली हुनुपर्ने मान्यता स्थापित हुन पुगेका छन्।

पुनर्निर्माण
जेन-जी आन्दोलनको सुरुको दिन भदौ २३ गते स्थानीय प्रशासनको अनुमतिमा माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम अपराह्न पछि हिंसात्मक बन्यो। भोलिपल्ट सरकारप्रति बढेको युवा आक्रोश र अन्य असन्तुष्टिसमेत सडकमा आउँदा सयौं सरकारी संरचनाहरू, सयौं ऐतिहासिक र आधारभूत सरकारी संरचनाहरू र राजनीतिक दलका कार्यालयहरू र नेता कार्यकर्ताका घर आगजनी, तोडफोड, चोरी र लुटपाटको बर्बर अवस्था सिर्जना भयो।

जेन-जी आन्दोलनमा खर्बौंको सरकारी संरचना ध्वस्त हुन पुगेको छ। यस क्रममा संघीय सचिवालय सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि अधिकांश मन्त्रालय र केन्द्रीय निकायमा ठूलो क्षति पुगेको छ। सिंहदरबार परिसर बाहिर रहेको सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालयसहित सयौं प्रहरी कार्यालयहरू आगजनी, तोडफोड र लुटपाटको चपेटामा प‍र्‍यो।

विभिन्न प्रदेश राजधानीस्थित सरकारी संरचनाहरू, जिल्ला सदरमुकामस्थित सरकारी संरचनाहरू र कतिपय नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरूसमेत आगजनी र तोडफोडको सिकार भएका छन्। साथै, निजी क्षेत्रका उद्योग र व्यवसायमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक आकलनअनुसार करिब दुई खर्ब बराबरको सार्वजनिक भौतिक संरचना र निजी क्षेत्रमा दुई खर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ।

जेन-जी आन्दोलनबाट ध्वस्त भएका सार्वजनिक र निजी संरचनाको पुनर्निर्माण अबको सारभूत एजेन्डा हो। जनअपेक्षाको डेलिभरी गर्न र सरकारलाई सुशासनयुक्त बनाउन आवश्यक भौतिक संरचनाहरू अझ राम्रो झन् बलियो पद्धतिमा पुनर्निर्माण तथा पुनस्र्थापना आवश्यक छ। त्यसका लागि सरकारले क्षेत्रगत रूपमा क्षतिको तत्काल विवरण संकलन गरी मूल्यांकन गर्नु पर्दछ। उक्त कार्यका लागि विशेषज्ञसहितको कार्यदल गठन गरी यथाशक्य भौतिक क्षति र आवश्यकताको मूल्यांकन गरी भौतिक पुनर्निर्माणलाई प्राथमिकता दिइनु पर्दछ। यसले क्षतिको वास्तविकता पहिचान गरी पुनर्निर्माणका लागि आवश्यक साधनस्रोतको वस्तुगत माग आकलन गर्न सकिन्छ।null

जेन-जी आन्दोलनपछिको पुनर्निर्माणको कार्य पनि जेन-जी पुनर्निर्माण हुनुपर्छ। जेन-जी पुनर्निर्माण भन्नाले जेन-जी नवयुवाहरूको नेतृत्वमा सबै नेपाली नागरिकहरूको सहभागितामा भौतिक संरचनाहरूको पुनर्निर्माण हुनु आवश्यक छ। यसका लागि पुनर्निर्माण कोषको स्थापना गरी देश, विदेशमा रहेका सम्पूर्ण नागरिकहरूको स्वेच्छिक आर्थिक तथा वस्तुगत सहयोग र संलग्नता शीघ्र एवम् सबल पुनर्निर्माणमा जुट्नु पर्दछ। अबको पुनर्निर्माणमा जेन-जी युवाहरूको संलग्नतामा भएमा पुनर्निर्माणप्रति सबै नागरिकहरूको अपनत्व कायम गर्छ। यस्तो पुनर्निर्माणले आगामी दिनमा हुने आन्दोलनमा भौतिक क्षतिलाई न्यूनीकरण गर्ने समेत विश्वास गर्न सकिन्छ। 

नेपालको पुनर्निर्माणको कार्यमा भूकम्पपछिको पुनर्निर्माणमा राम्रो अनुभव रहेको छ। पुनर्निर्माणका लागि आवश्यक स्रोतको खोजी गरी बजेट व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ। यसका लागि सरकारले विशेष पहलकदमी लिनु पर्नेछ। विगतका पुनर्निर्माणका पाठहरूलाई शिरोपर गरी जेन-जी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्नुपर्छ। विशेषगरी ऐतिहासिक महŒव धारण गरेको सिंहदरबार पुनर्निर्माणका लागि जेन-जी नवयुवाहरूको संलग्नता सुनिश्चित गर्नुपर्छ। यसले आगामी दिनमा राष्ट्रनिर्माणका युवाहरूको संलग्नता बढाउँछ र सार्वजनिक सम्पत्ति संरक्षणमा युवा अग्रसरता सुनिश्चित गर्न सकिन्छ। 

जेन-जी आन्दोलनपश्चात्को पुनर्निर्माणले सबल र प्रभावकारी भौतिक संरचनाहरूका पुनर्निर्माणलाई सुनिश्चित गर्नुपर्छ। अबको पुनर्निर्माणमा यसका साथै अन्य आर्थिक सामाजिक र सांस्कृतिक पक्षको पुनर्निर्माणलाई समेत जोड दिनुपर्छ। यस आन्दोलनबाट सारभूत पाठ सिकाइलाई आगामी दिनमा राष्ट्रनिर्माणमा अवलम्बन गर्ने संकल्प सबै व्यक्ति र निकायले गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.