जेनजी सहिदहरूको सम्झनामा इजरायलमा दीप प्रज्वलन

जेनजी सहिदहरूको सम्झनामा इजरायलमा दीप प्रज्वलन
सुन्नुहोस्

तेलअविव : गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा तेलअविवमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इजरायलमा रहेका नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

दीप प्रज्वलनसँगै आन्दोलनमा घाइते भएकाहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरिनुका साथै नेपालले अब निकास खोज्नुपर्ने र शान्ति कायम गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो। कार्यक्रममा एनआरएनए इजरायलका पदाधिकारी, स्थानीय नेपाली प्रतिनिधि तथा समुदायका अगुवाहरू सहभागी थिए।

यसअघि नेपाल सरकारले असोज १ गते जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय शोकको रूपमा सार्वजनिक बिदा दिने घोषणा गरेको थियो। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.