अर्कोतिर बस्ती नै उठेपछि खुदुनाबारी गाउँ सुनसान भयो। पहिचान खोजिरहेका नेपाली र पहिचान प्राप्त नेपालीबीचको अन्योन्याश्रित सम्बन्धको बारेमा यसले बयान गरेको छ।
भुटानी शरणार्थीको समुदाय त्यस्तो समुदाय हो जो पहिचानका निम्ति निरन्तर लडिरहेका छन्। यही विषयवस्तुको वरिपरि घुमेर खगिन्द्रा खुसीले एउटा उपन्यास लेखेकी छिन्। जसको नाम ‘खुसीको गाउँ’ हो। अहिले अधिकांश भुटानी शरणार्थीहरू शिविर छोडेर अमेरिकामा बसोबास गरिरहेका छन् ।
छन्द कवितामा राम्रो दक्खल राख्ने उनको पहिलो औपन्यासिक कृति हो यो।
यसअघि उनको ‘आमाको डायरी’ कथा संग्रह प्रकाशित थियो। शरणार्थीहरूकै आसपासमा आफनो बाल्यकाल बिताएकी थिइन् खुसीले। किताबको रचनागर्भको बारेमा उनी भन्छिन्, ‘बाल्यकालमा छाप छोडेको विषयवस्तु कहिल्यै भुल्न सकिँदो रहेनछ।’ जीवनका कलिला वर्षहरू शरणार्थीको बस्तीमा बिताएकी थिइन् उनले। एउटा भनाइ नै छ– पहिलो प्रभाव नै अन्तिम प्रभाव हो। यही अनुभूतिले उनलाई उपन्यास लेख्नको लागि प्रेरित गर्यो।
यो पुस्तकमा लेखकले उठान गरेको मुद्दा गम्भीर छ। शरणार्थी शब्दले नै हामीलाई भावुक बनाइदिन्छ। कुनै निश्चित देशबिना, ठाउँबिना अस्त्विविहीन भएर बाँच्न बाध्य उनीहरूको कथाव्यथा लेखेर सकिँदैन। यस किताबभित्र दुई मुख्य पात्र छन्, राधिका र राजेन्द्र। कथा उनीहरूकै वरिपरि घुमेको छ। झापा खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविर यस कृतिको मुख्य स्थल रहेको छ। राजेन्द्र शिविरको केटो हो। राधिका गाउँकी केटी हून्। उनीहरूको बीचमा प्रेम सम्बन्ध हुन्छ। समाजले शरणार्थीलाई हेर्ने नजर राम्रो छैन। त्यसैले उनीहरूको प्रेम स्वीकार्य भएन्। राजेन्द्रलगायत शिविरका सम्पूर्ण मानिसलाई अमेरिका लगियो। बस्ती उजाड भयो। एकातिर धेरैको प्रेम सम्बन्धमा दरार आयो।
अर्कोतिर बस्ती नै उठेपछि खुदुनाबारी गाउँ सुनसान भयो। पहिचान खोजिरहेका नेपाली र पहिचान प्राप्त नेपालीबीचको अन्योन्याश्रित सम्बन्धको बारेमा यसले बयान गरेको छ। साथसाथै दुई समुदायबीच बिहे गर्न नहुने विभेदपूर्ण व्यवहारलाई पनि उल्लेख गरेको छ। राधिका र राजेन्द्रले शिविर र गाउँबीचका मान्छेको अन्योन्याश्रित सम्बन्धको बारेमा प्रस्ट पार्छ। प्रश्नैप्रश्नमा जेलिएको उनीहरूको प्रेम सम्बन्धलाई पनि कलात्मक शैलीमा लेखिएको छ। राजेन्द्रकै लागि राधिका श्रीमान् त्यागेर बस्छिन्।
शरणार्थीहरूकै आसपासमा आफ्नो बाल्यकाल बिताएकी थिइन् खुसीले। यही विषयवस्तुको वरिपरि घुमेर खगिन्द्रा खुसीले उपन्यास लेखेकी छिन्।
राजेन्द्र अमेरिकामा वैवाहिक जीवन बिताइरहेका हुन्छन्। उनका दुई छोराछोरी हुन्छन्। जुनसुकै चीज पनि नपाउञ्जेल महत्त्वपूर्ण हुन्छ। भुटानी शरणार्थीले पनि बासस्थानको लागि निश्चित ठेगाना पाएका छैनन्। यसले उनीहरूको जीवनमा पाएको प्रभावलाई लेखकले आद्योपान्त बयान गर्न खोजेकी छन्। नागरिकता पनि सहजै प्राप्त गर्नेलाई महत्त्वपूर्ण लाग्दैन्। तर नपाएकाहरू त्यसको लागि पलपल लडिरहेका हुन्छन्। शिविरका मानिस र बस्तीका मानिसबीच नजिकको सम्बन्ध रहे पनि भेदभावपूर्ण दृष्टिकोणको बारेमा खगिन्द्रा विद्रोह गर्न चाहन्छिन्।
शिविरका मानिसलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दा लेखक आपत्ति व्यक्त गर्छिन्। राजेन्द्र राधिकाको पहिलो प्रेम थिए। त्यसैले राधिकाले उनलाई बिर्सिन सकिनन्। प्रेमीको नाममा फूलबारी निर्माण गरिन्। पहिलो प्रेम नै अन्तिम प्रेम हो भन्ने भनाइ नै छ। प्रेम भएको ठाउँमा नियम हुँदैन र नियम भएको ठाउँमा प्रेम रहन चाहँदैनन्। खुसीको गाउँ पुस्तक यही सन्देश दिन चाहन्छ।
पुस्तकको अन्त्यमा लेखक आफैं पात्र भएर उभिएकी छन्। उनले पत्रकारको भूमिका निर्वाह गरेकी छिन्। राधिका र राजेन्द्र प्रेम सम्बन्धको बारेमा किताब लेखेकी छिन्। मान्छे—मान्छेबीचको मानक नै मानवता हो। आत्मीयता नै मूख्य परिचय हो । मान्छेले मान्छेलाई वर्र्गीकृत गर्नु अमानवीय कार्य हो। खगिन्द्राको ‘खुसीको गाउँ’ले यही मनोभावनालाई प्रस्तुत गर्न खोजेको छ। यसलाई विश्व भुटानी साहित्यिक संगठनले प्रकाशित गरेको छ। सम्पूर्ण किताबले वितरणको जिम्मा लिएको छ।
प्रतिक्रिया दिनुहोस !