वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

तुइन खोलानजिक खसेको पहिरो हटाउन आज दिनभर लाग्ने

तुइन खोलानजिक खसेको पहिरो हटाउन आज दिनभर लाग्ने
तस्बिर : अन्नपूर्ण

काठमाडौं :  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। पहिरो पन्छाउनको लागि दुवतर्फबाट निरन्तर रूपमा मेसिनहरू परिचालन गरिएको र पूर्णरुपमा पन्छाउन बुधबार दिनभर लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह पाँच बजे गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द भएको छ ।

डिभिजन सडक कार्यालय चितवनले तुइन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सकिने छ । त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिने छ ।

हेटौँडाबाट भैंसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ । काठमाडौंतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ ।

त्यसैगरी पोखरा जानका लागि ठूला साना दुवै सवारीसाधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ । कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ । गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ । 

दशैंको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.