गाउँपालिका अध्यक्षमाथि आक्रमण, बचाउन गएका दुई युवा घाइते
जाजरकोट : कुशे गाउँपालिका गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई साङ्घातिक हमला गरिएको छ। सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेत माथि आइतबार बेलुका छेडागाड नगरपालिका-५ चखेली भन्ने स्थानमा आक्रमण भएको हो।
अध्यक्षलाई बचाउन गएका दुई युवा नवराज शाही र दिपेन्द्र सिह गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ। अध्यक्षलाई चोटपटक लागेको छैन। आक्रमण गर्नेको पहिचान भइसकेको भए पनि पक्राउ नपरेकाले प्रहरीले नाम खुलाउन चाहेन।
आक्रमणकारीले चक्कुले प्रहार गरेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी बसन्तकुमार शर्माले बताए। अध्यक्ष बस्नेत आफैंले घाइतेलाई उपचारका लागि लिएर गएका छन्।
प्रतिक्रिया दिनुहोस !