दशैंमा पनि जुनीचाँदे गाउँपालिकाका शिक्षक कर्मचारीले पाएनन् तलब भत्ता

दशैंमा पनि जुनीचाँदे गाउँपालिकाका शिक्षक कर्मचारीले पाएनन् तलब भत्ता
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकाका शिक्षक कर्मचारीले दशैंमा पनि तलब भत्ता पाउन सकेनन्। गाउँपालिकाको चरम लापरबाहीले कर्मचारीले चाडबाडमा पनि तलब भत्ता पाउन नसकेका हुन्। 

गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र शिक्षकले गत साउनदेखि तलब भत्ता नपाउँदा उनीहरू बेखर्ची भएका छन्। चाडबाड कसरी मनाउने चिन्तामा छन्। तलब नपाउँदा घर खर्च र चाडबाड टार्न निकै समस्या भएको शिवपुरी मावि गर्खाकोटका प्रधानाध्यापक जयबहादुर शाहीले बताए।

तलब आउला र चाडबाड मनाउला भनेका शिक्षक कर्मचारीलाई समस्यामा परेको शाहीको भनाइ छ। गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीले कर्मचारी सँग समन्वय गर्न नसक्दा यस्तो समस्या आएको हो। गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत खडग परियारलाई गाउँपालिका अध्यक्ष शाहीले पूर्वाग्रही भएर सरुवा गराइदिए पछि समस्या आएको हो। 

उनले रमाना त लिएका छैनन् तर कामकाज गर्नका लागि आर्थिक अख्तियारी नै नदिएको बताएका छन्। अध्यक्षले कानुन अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अख्तियार दिनुपर्ने व्यवस्था गरिएको छ। तर अध्यक्षले आफू अनुकूलको प्रमुख प्रशासकीय ल्याउने भन्दै अख्तियारी नदिएपछि समस्या भएको परियारले बताए। 

सरकारले हालै सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत हुकुमागत उपाध्याय पनि हाजिर हुन नआएपछि विद्यालय शिक्षक कर्मचारी ४ सय ८२ र करिब एक सय गाउँपालिका र स्वास्थ्यका कर्मचारीले तलब खानबाट बन्चित हुनु परेको हो। 

कर्मचारी मात्र होइन अख्तियारी नहुँदा जेठ नागरिक, एकल , अपाङ्ग लगायतले पाउने सामाजिक सुरक्षा भत्ता पनि पाउन सकेका छैनन्। बजेटको अख्तियारी नहुँदा बिग्रिएका बाटोघाटो मर्मतका काम, औषधि खरिद लगायत दैनिक प्रशासनिक कार्य गर्न समेत समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत परियारले बताए। अध्यक्ष शाहीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन्।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.