धनगढीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
सुदूरपश्चिम : धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका-४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो। बसमा सवार सबै १२ जना घाइते भएका छन्।
उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ।
प्रतिक्रिया दिनुहोस !