प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब दुई अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा आइतबार नेप्से परिसूचक करिब दुई अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.७८ अंकले बढेर २५८३.९७ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ३२ स्क्रिप्सको ४४ हजार १७३ कित्ता सेयर २ करोड ४० लाख ५८ हजार ८१७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ११ वटा स्टक्सको मूल्य बढ्दा २० वटाको घट्यो। बाँकी १ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !