विश्वकप छनोट :  यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

विश्वकप छनोट :  यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएइलाई पराजित गरेको छ। 

एशोसियट राष्ट्रको एल क्लासिको मानिएको यो खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ। 

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। 

नेपालले दिएको १४१ रनको विजयी लक्ष्य प्रस्तुत पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो।

पहिलो विकेट सस्तैमा गुमाएको यूएईले दोस्रो विकेटको लागि गरेको ८१ रनको साझेदारीले यूएईलाई खेलमा फर्काएको हो। कप्तान मोहम्मद वासिम १ रनमा क्याच हुँदै पेभेलियन फर्किदा दोस्रो विकेटका लागि अलिशान सराफूले जोनाथन फिगिले ८१ रनको साझेदारी गर्दै यूएईलाई सहज अवस्थामा ल्याएका थिए। 

तेस्रो विकेटको रुपमा अलिशान सराफूको विकेट गएपछि भने यूएईको ब्याटिङ आक्रमण घट्यो। त्यसपछि भने अन्तिम ओभरमा ३ बलमा ३ रन चाहिएको अवस्थामा आक्रमक खेलिरहेका ध्रुव परासर १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै १९.४ मा दीपेन्द्र सिंह ऐरीको बलमा सन्दीप जोराको हातमा क्याच भए। १९.५ मा हैदर अलि रन आउट भए। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए।  सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए। कप्तान रोहित पौडेलले २० रन, गुल्सन झाले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल मल्लले १० रन बनाए।  

सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे। 

यूएईका लागि बलिङमा मोहम्मद रोहिद, हैदर अलि, जाहिद अलि, हैदर अलि, हर्सिक कौशिक र ध्रुव परासरले १–१ विकेट लिए। 

नेपालले यूएईलाई हराउँदा विश्वकप खेल्ने सम्भावना बढेको छ। 

नेपालले समूह 'बी'अन्तर्गत जापान र कुवेतलाई हराउँदै अविजित सुपर सिक्समा प्रवेश गरेको थियो। 

समूह 'ए' बाट यूएईपनि अविजित रुपमा सुपर सिक्स आएको हो। यूएईले समूह चरणमा। कतार र मलेसियालाई हराएको थियो। 

नेपालले सोमबार कतारसँग खेल्नेछ। बुधबार सामोआ र शुक्रबार नेपालले ओमानसँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.