इजरायलबाट विपिन जोशीको शव नेपाल पठाइँदै, आइतबार विमानस्थलमा सम्मान गरिने

इजरायलबाट विपिन जोशीको शव नेपाल पठाइँदै, आइतबार विमानस्थलमा सम्मान गरिने
सुन्नुहोस्

तेल अविव, इजरायल : दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको एग्रिकल्चर बेनिफिसरिज प्रोजेक्ट अन्तर्गत एसडट नेगेभ बेनिफिसरिज सेन्टरमार्फत आएको थियो।

त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, केही सातापछि भएको युद्धले त्यो समूहको जीवन कहिल्यै नबिर्सने ढंगले बद्लियो । 

उही समूहका एक सदस्य विपिन जोशी जो अध्ययनका क्रममा दक्षिण इजरायलको एक किब्बुजमा रहेका थिए, युद्ध सुरु भएको दिन अपहरणमा परेका उनि करिब दुई वर्ष लामो प्रतीक्षा र पीडापछि विपिनको शव हालै इजरायल फिर्ता आएको छ। 

इजरायली विदेश मन्त्रालयका अनुसार आउँदो आइतबार बिहान १० बजे इजरायलको बेन गुरियन विमानस्थलमा एक औपचारिक समारोह आयोजित गरिनेछ र त्यसपछि बिपिनको शव नेपाल पठाइने बताइएको छ। 

एसडट नेगेभ बेनिफिसरिज सेन्टरका प्रतिनिधिहरूले भने, ‘विपिनको सम्झना सधैं हाम्रो हृदयमा रहनेछ। उहाँको साहस, श्रम र आत्माको कदर हामीले कहिल्यै बिर्सिने छैनौं। नेपाली युवाहरू हाम्रो समुदायको महत्वपूर्ण अंश बनेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.