महाकवि गरिब होइन, गरिबका पक्षधर थिए

भिखारी र गरिब कविता

महाकवि गरिब होइन, गरिबका पक्षधर थिए

फजुल खर्च गर्ने स्वभाव नभएको भए आफ्नै स्वआर्जन नै उनका लागि पर्याप्त हुने थियो तर उनको स्वभावले नै उनलाई गरिबजस्तो बनाइराख्यो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्बन्धमा अनेक किंवदन्ती र मिथकहरू जोडिएका पाइन्छन्। यस्ता मिथकमध्ये उनको जीवनसँग जोडिएको एक सन्दर्भ हो– ‘देवकोटा गरिब थिए, जीवनभर गरिबीमै बाँचे र अन्त्यमा उपचार गर्न पनि नसकेर उनले मृत्यु वरण गर्नुपर्‍यो’ भन्ने सन्दर्भ। देवकोटाले गरिब र गरिबीका विषयमा लेखेका केही कविता र उनले विभिन्न सन्दर्भमा प्रकट गरेका कुरालाई लिएर उनी गरिब थिए भनियो।

वास्तवमा चाहिँ देवकोटा गरिब थिएनन्, गरिबका पक्षधर मात्र थिए भन्ने कुरा उनको जीवन सन्दर्भ र उनका कृतिबाट पनि प्रस्ट हुन्छ। उनले ‘गरिब’ र ‘भिखारी’ जस्ता कविता लेखे र अन्य रचनामा पनि गरिबकै पक्ष लिए। यसको अर्थ आर्थिक रूपमा उनी गरिब नै थिए भन्ने होइन। उनले ‘गरिब’ कवितामा ‘गरिब भन्छौं सुखको म झैं धनी मिल्दैन संसारभरि कतै पनि’ भन्नुको तात्पर्य र ‘मुनामदन’मा ‘हातका मैला सुनका थैला के गर्नु धनले ? साग 
र सिस्नु खाएको बेस आनन्दी मनले’ भन्नुको अर्थ पनि म गरिब छु भनेको होइन।

त्यसबेला आफूलाई धनी र देवकोटालाई गरिब देख्ने आभिजात्य वर्गप्रतिको कटाक्ष अनि परिवार छोडेर धन कमाउन विदेश जानेहरूप्रतिको व्यंग्यभाव थियो। उनले आफूलाई पागल भन्नेहरूप्रति व्यंग्य गर्दै ‘पागल’ कविता लेखे र एक सन्दर्भमा जनकलाल शर्मासँग भनेका पनि थिए– ‘भान्जा म पागल होइन तर गरिब चाहिँ हँु।’ यो पनि उनको मनोभाव मात्र थियो। यिनै कुरालाई लिएर उनका समकालीन र पछिकाहरूले समेत उनी गरिब थिए भनेर प्रचार गरे। यसले गर्दा उनका सम्बन्धमा अनावश्यक मिथकको निर्माण भयो।

महान् व्यक्तिहरूका सम्बन्धमा केही न केही किंवदन्ती वा किस्साहरू जोडिएका हुन्छन् र त्यस्ता कुरालाई जनमानसले विश्वास पनि गरिरहेको हुन्छ। देवकोटाका सम्बन्धमा पनि यस्तै भएको हो। के साँच्चिकै देवकोटा गरिब नै थिए र जीवनभर गरिबीमै बाँच्न विवश भएका हुन् त ?
देवकोटा काठमाडौंको डिल्लीबजारमा सम्पन्न परिवारमा जन्मेका थिए। उनका बुवा दरबारभित्रका पण्डित थिए भने उनका घरमा नोकरचाकर, भान्से बाहुनबाहुनी र गोठालासमेत थिए। २००० सालपछि उनले मैतीदेवीमा अहिले देवकोटा संग्रहालय रहेको घर किने र त्यसलाई कविकुञ्ज नाम राखीे त्यहीँ जीवन बिताए। नेपालमा दरबार हाइस्कुल र त्रिचन्द्र कलेजमा अनि विदेश पटनामा गएर उनले पढेका थिए। उनी भाषानुवाद परिषद्मा जागिरे थिए भने त्रिचन्द्र कलेज र पद्मकन्यामा उनले प्राध्यापन पनि गरेका थिए।

प्रजातन्त्रपछि उनलाई राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरेका थिए र पछि राजा महेन्द्रले समेत त्यसलाई निरन्तरता दिएका थिए। उनी केही समय डा.के.आई. सिंहको मन्त्रिमण्डलमा शिक्षा तथा स्वायत्त शासन मन्त्रीसमेत भए भने नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थापक सदस्य भएरसमेत उनले कार्य गरे। यसका अतिरिक्त देशविदेश गर्ने अवसर पनि उनले प्राप्त गरेका नै थिए। उनी ट्युसन पढाउँथे र आर्जन गर्थे। रोचक घिमिरे र नगेन्द्रराज शर्माका अनुसार त्यसबेलै पाँच सय जति पर्ने महँगो साइकल चढ्थे उनी। यसबाट देवकोटा गरिब थिएनन् बरु थिए– गरिबका पक्षधर, भावुक, लहडी र अव्यवस्थित।

देवकोटालाई आफ्नै जीवनशैलीले गरिबीको बोध गराएकोे हो। उनी भावुक र लहडी भएकाले जीवनमा उनले आर्थिक व्यवस्थापन गर्न जानेनन् र सधैं अभावमा परिरहे। जीवनका हरेक समयमा कुनै न कुनै जागिरमा थिए उनी। काठमाडौंमा आफ्नै घर र खेती गर्ने धेरथोर जमिनसमेत थियो उनको। त्यसमाथि ट्युसन पढाएको आर्जन पनि उनीसँग हुन्थ्यो तर दयालु भएकाले गरिब वा माग्ने देख्यो भने आफूसँग भएको पैसा दिएरै सक्थे उनी। आफूले लगाइराखेको कोट लगलग काम्दै बाटामा मागिरहेको भिखारीलाई दिएर हिँड्ने उनको अव्यावहारिक उदारता र लहडीपन थियो।

देवकोटालाई मासु खुब खानुपथ्र्याे रे ! पसलबाट मन लागे जति सामान उधारोमा उठाएर हिँड्ने र तलब आएको दिन पसलेले यति भयो भनेका भरमा विश्वास गरेर भए जति सबै पैसा बुझाउने गर्थे रे उनी। अर्को कुरा उनलाई अटुट रूपमा चुरोट पिउनुपथ्र्यो र त्यसमा पनि प्रशस्त पैसा खर्च हुन्थ्यो। यसले गर्दा लहडी देवकोटालाई आफूले इच्छा गरेको सामान्य कुरा पनि भनेका बेलामा किनिहाल्न नसक्दा गरिबीको बोध भयो होला। हातमा पैसा जतन गरेर राख्नै नसक्ने आफ्नै जीवनशैलीले नै उनलाई अपुग परिस्थितिमा पुर्‍यायो र उनले गरिबीको बोध गरे होलान्।

देवकोटाको धनी र उच्च वर्गका साथीहरूसँग उठबस थियो। उनको संगत बालकृष्ण सम, पुष्कर शमशेरलगायतका राणा परिवारका व्यक्ति र भाइभारदारसँग थियो। आफू सामान्य वर्गको तर उठबस चाहिँ उच्च वर्गका सँग भएका कारणले पनि तुलना गर्दा उनलाई आफ्नै मनले गरिब बनाएको हुन सक्छ। आफूले कमाए जति पैसा जतनसाथ खर्च गरेका भए देवकोटाको जीवनस्तर पनि उत्कृष्ट हुन सक्थ्यो।

सधैं सिर्जनामा डुबिरहने देवकोटा आफ्नो लवाइखवाइका बारेमा सचेत हँुदैनथे तर जब ती साथीहरूका नजिक पुग्थे तब उनीहरूसँग आफ्नो लवाइको तुलना गर्थे होलान् र आफूलाई गरिब ठान्थे होलान्। अर्कातिर उनका समकालीनहरूले उनलाई चिन्न सकेनन् र तिनीहरूले उनको प्रतिभाको भन्दा अभावजन्य तथाकथित गरिबी अवस्थाको बढी चर्चा गरिदिएकाले र पछिकाले यसैलाई दोहोर्‍याएकाले पनि उनी गरिब थिए भन्ने भाष्य निर्माण भयो। उनको गरिबी यथार्थको नभएर तुलनात्मक रूपको र मनको मात्र थियो।

वनारसमा रहँदा घरतिरको सुविधा सबै छुटेकाले त्यस कालमा उनलाई साँच्चै नै अभाले सतायो होला। त्यसबेला उनी विद्रोही राजनीतिमा सक्रिय पनि थिए। देवकोटालाई काठमाडौं फर्केपछि पनि अभाव र गरिबीको बोधले सताइरह्यो। सुकुलमा बसेर पढ्ने, पढाउने र गरिब दुःखीप्रति उदार भएर भएको पैसा बाँडेर अभावमा पर्दा अनि सापट लिएको ऋण तिर्न नसक्दा अरूले पनि देवकोटालाई गरिब भनिदिए।

समाजका आँखामा उनलाई गरिब ठहर्‍याउने उनको वर्ग पक्षधरता पनि थियो। उनी मनैदेखि गरिबहरूका पक्षमा भएकाले उनलाई आफू निम्न वर्गको हुँ भन्ने बोध भइरह्यो। त्यसैले लेखनमा पनि उनले आफ्नै मनको वर्गको पक्ष लिए। उनका विचारमा गरिबी नै सुखको मुहान थियो। यथार्थको गरिबी नभोगेका देवकोटालाई चरम गरिब हुनुको पीडा त थाहा थिएन नै होला। आफ्नो मनको गरिबीलाई भने उनले आफ्ना अमिर साथीहरूसम्म पुर्‍याउन तिमीहरूलाई त आफूसँग भएको धनले नै पोल्छ होला आफूलाई भने गरिब हुनुमा नै आनन्द छ भन्ने भाव पोखेर गरिबप्रति सहानुभूतिशील हुँदै रचनामा व्यंग्य गरे।

गरिबीकै कारण उपचार गर्न नपाएर देवकोटाले मर्नुपर्‍यो भन्ने सम्बन्धमा कुरा गर्दा क्यान्सर रोगजस्तो असाध्य रोग उनलाई लागेको थियो जो त्यसबेला उपचार सम्भव थिएन नै। निदाएको बेलाबाहेक एकछिन पनि चुरोट नटुटाउने आफ्नै लतले उनलाई क्यान्सरका मुखमा पुर्‍याएको थियो। उनको जति कमाए पनि पैसा जोगाउन नसक्ने स्वभावले उपचार गर्न रकमको अभाव पक्कै भएको हो। सरकारले उपचारका लागि बेलैमा सहयोग नगरेको पनि हुँदै हो। उनी बितेको साढे ६ दशक भइसक्दा आजको अवस्थामा समेत साहित्यकारको उपचारका लागि सरकारले झारा मात्र टार्ने गरेको छ।

साँच्चैको सहयोग उपलब्ध हुने गरेको छैन। जिउँदो छउन्जेल राष्ट्रका लागि साँच्चैको योगदान गर्नेहरूको मूल्यांकन गर्ने चलन यस देशमा अझै छैन। त्यसबेला त झन् हुने कुरै भएन। त्यसैले हाम्रा महाकविलाई पनि ज्युँदो छउन्जेल चिनेर उनको योग्यता र योगदानको कदर गर्ने काम नभएको पक्कै हो। फजुल खर्च गर्ने स्वभाव नभएको भए आफ्नै स्वआर्जन नै उनका लागि पर्याप्त हुने थियो तर उनको स्वभावले नै उनलाई गरिबजस्तो बनाइराख्यो।

देवकोटा गरिबीप्रति होइन, गरिबप्रति सहानुभूतिशील थिए। उनले आफूलाई त्यसबेलाको सामन्ती समाजका गरिब सरहकै स्थानमा लिए र उनको मनको क्षोभको साधरणीकरण भयोे। उनी स्वाभाविक रूपमा नै गरिबप्रति सहानुभूतिशील हुन पुगेकाले उनका कविता–काव्यमा गरिबप्रतिको पक्षधरता प्रकट भयो। दीनदुःखीका पक्षमा भएकैले उनले आफ्ना धेरै कविता–काव्यमा गरिबीलाई विशेष चित्रण गरे। यथार्थमा भने उनी गरिब थिएनन्।

देवकोटा गरिबीप्रति होइन, गरिबप्रति सहानुभूतिशील थिए। उनले आफूलाई त्यसबेलाको सामन्ती समाजका गरिब सरहकै स्थानमा लिए र उनको मनको क्षोभको साधरणीकरण भयो ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.