बलिहाङ कप २०२५ इजरायलको उपाधि लायन तेलअविभ एफसीलाई

बलिहाङ कप २०२५ इजरायलको उपाधि लायन तेलअविभ एफसीलाई
सुन्नुहोस्

तेलअविभ : इजरायलको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता ८औं बलिहाङ कप २०२५ को उपाधि लायन तेलअविभ एफसीले जितेको छ। रोमाञ्चक फाइनलमा लायनले मनिपुर गोर्खा एफसीलाई १–० गोलले पराजित गर्दै ट्रफी आफ्नो पक्षमा पारेको हो।

तेलअविभस्थित मैदानमा भएको खेलको पहिलो हाफ बराबरमा सकिएको थियो भने दोस्रो हाफमा निर्णायक गोल गरेका लायनका खेलाडीले खेललाई जितमा परिणत गराएका थिए । दुवै टिमले आक्रमक खेल प्रस्तुत गरे पनि लायनको रक्षात्मक संयम र गोलरक्षकको प्रदर्शन प्रभावकारी रह्यो।

विजेता लायन तेलअविभ एफसीले झण्डै ४ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मनिपुर गोर्खा एफसीले २ लाख रुपैयाँ बराबरको पुरस्कार पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.