मनाइयो खरना, छठको मुख्य पूजाको तयारी गरिँदै

मनाइयो खरना,  छठको मुख्य पूजाको तयारी गरिँदै

महोत्तरी : छठपर्व अन्तर्गतको खरना विधि आज साँझ घरघरमा मनाइएको छ। ब्रतालुले आइतबार साँझ आफ्ना कूल देवतालाई घरमै पकाएको सख्खर र चामलको खीर, नैवेद्य लगायतका फूलप्रसाद अर्पण गरेका छन्।

यसरी निष्ठापूर्वक पूजा सम्पन्न भएपछि दिनभरि नै निराहर उपवास बसेका व्रतालुले सो प्रसाद स परिवार प्रसादका रूपमा खाएका छन्। प्रसाद ग्रहण गरेका व्रतालुले अबको ३६ घण्टे छठपर्वको मुलपूजाका लागि उपवासमा बसेका हुन्। उनीहरूले पर्सि मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पारण गरिनेछ। अर्थात् अबको ३६ घण्टासम्म व्रतालु कठोर रुपमा छठिमईयाको उपवासमा बसेका हुन्।

पूजा अन्तर्गत सोमबार साँझ जलाशय गई घरघरमा पकाएको ठेकुवा, भुसवा, खाजा लगायतका प्रसाद, फलफूल पूजा सामग्री सहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि मुख्य पूजा सम्पन्न गरिने भएको छ। त्यसैगरी पुनः मंगलबार एकाबिहानै उदाउँदो सूर्यलाई बिहानीपखको अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

पूजास्थल अर्थात् जलाशयको छेउमा घाट बनाएर त्यहाँ आकर्षक रुपमा सजाउनका लागि अहिले हरेक स्थानमा व्यस्त रहेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.