आँबुखैरेनीबाट लागुऔषधसहित शुक्लागण्डकीका युवा पक्राउ
गोरखा : इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ। आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी ९ का २५ वर्षका सागर क्षेत्रलाई पक्राउ गरेको इप्रका आँबुखैरेनीले जनाएको छ।
उनको साथबाट डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपमा आइतबार बिहान गरिएको चेकजाँचमा प्रहरीले वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !