पहिरोले सडक भाँसिदा कोशी राजमार्ग एकतर्फी सञ्चालन

तमोर कोरिडोर र भेडेटार–रवि–राँके सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

पहिरोले सडक भाँसिदा कोशी राजमार्ग एकतर्फी सञ्चालन

धनकुटा : अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ। भेडेटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार शुक्रबार बिहान करिब ११ बजे पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ। 

ठूला सवारी साधनहरूको आवतजावत रोकिएको छ। उनका अनुसार अहिले पनि सो स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरुलाई अत्यावश्यक नभए उक्त सडक खण्ड प्रयोग नगर्न आग्रह गरिएको छ। यसैगरी अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौविसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएका छन्। अहिले पाँचथरतर्फ तीनवटा र धनकुटातर्फ चारवटा ट्रक सडकमा रोकिएका छन्। अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने बित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ। अहिले पक्की पुल निर्माणधीन अवस्थामा रहेको छ।

भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडाबजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ। सडकमा पहिरो खस्दा दुवै तर्फका सवारी साधन रोकिएका छन्। अविरल वर्षाले पहिरो पन्छाउने काम हुन सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.