मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड
तस्बिर : मनिका झा

जनकपुरधाम : मधेशमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादवलाई नियुक्त भएको विरोधमा प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय तोडफोड भएको हो। 

सांसदहरूकै एक समूहले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन। तोडफोड गरिरहेका सासंदहरुलाई लोसपामा सासद उपेन्द्र महतोले सरकारी सम्पतिमा क्षति नपुर्‍याउन आग्रह गर्दै तोडफोड हुनबाट रोकेको थियो।  संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त गरेको विरोधमा तोडफोड भएको हो। 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री सरोज यादवलाई सपथ ग्रहण गराएको विरोधमा बिहानैदेखि मधेश भवन तनावग्रस्त छ।

पदभार ग्रहण गर्न मुख्यमन्त्री सरोज कुमार यादव आउने सूचनापछि अन्य दलहरूले रोक्ने प्रयासमा, प्रवेशद्वारमा सांसद तथा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.