बैतडीमा लागूऔषधसहित एक जना पक्राउ
बैतडी : बैतडीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पाटन नगरपालिका वडा–६ बाट बुधबार लागूऔषध खैरो हिरोइनसहित पाटन नगरपालिका–६ कडालीका २३ वर्षीय कपिल कठायत पक्राउ परेका हुन्।
उनको साथबाट ३ ग्राम २२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। बजार क्षेत्रमा हिँडिरहेका कठायतलाई संकाको आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !