सेयर बजार सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

सेयर बजार सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

काठमाडौं :  साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा कायम भएको छ।

कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।  बुधबार ३ अर्ब ७१ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ४ अर्ब नाघेको छ। यसदिन ३२८ स्क्रिप्सको १ करोड ४ लाख ४९ हजार  २९६  कित्ता सेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँमा खरिदबिक्री भए।

चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। धौलागिरी लघुवित्त, बन्दिपुर केवलकार,झापा इनर्जी र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा बुंगल हाइड्रोका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.०५ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४१ करोड ८० लाख मूल्य बराबरको कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंकले १६ अर्बको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स,युनियन हाइड्रोपावर र बरुण हाइड्रोपावरको १२/१२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ११२ वटा स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो।  ६ स्टक्सको मूल्य भने यो समयमा स्थिर थियो। ६ समूहको उपसमूहको बढ्दा अरु समूहको उपसूचक घट्यो।

होटल्स एण्ड डेभलपमेन्ट बैंक, हाइड्रोपावर,मनु एण्ड प्रो,माइक्रोफाइनान्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.