सोल्टीको ५१औं वार्षिक साधारण सभा सम्पन्न, कार्यकारी निर्देशकमा विष्ट नियुक्त

सोल्टीको ५१औं वार्षिक साधारण सभा सम्पन्न, कार्यकारी निर्देशकमा विष्ट नियुक्त

काठमाडौं : सोल्टी होटल लिमिटेडको कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त भएका छन्। सोल्टीको आइतबार सम्पन्न ५१औं वार्षिक साधारण सभाबाट विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्।

त्यस्तै कम्पनीको ५१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा कम्पनीका वित्तीय विवरण समावेश रहको एकीकृत आर्थिक विवरणहरू सर्वसम्मतिबाट पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिको प्रस्तावबमोजिम आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६.५७८९४७३७५ प्रतिशत नगद लाभांश दिने सामान्य प्रस्ताव तथा चुक्ता पुँजीको १५५ बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले सर्वसम्मतिबाट पारित गरेको छ।

कम्पनीको ५१औं वार्षिक साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि जेबी राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउण्टेण्टस्, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सर्वसम्मतिबाट स्वीकृत गरी पारित गरेको छ।

कम्पनीको ५१औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थागत शेयरधनीहरूमध्येबाट नियुक्त ५ जना र सर्वसाधारण शेयरधनीहरूमध्येबाट ३ जना सञ्चालकहरू र १ जना स्वतन्त्र सञ्चालक गरी ९ जना रहेको सञ्चालक समिति गठन भएको छ।

कम्पनीको सञ्चालक समितिमा संस्थागत शेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका ४ जना सञ्चालकहरूमा दिनेशबहादुर विष्ट, रवि भक्त श्रेष्ठ, राजशे काजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह रहेका छन् भने नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्न सो संस्थाको तर्फबाट नियुक्त भएका १ जना सञ्चालकमा अमृत मान श्रेष्ठ नियुक्त भए। 

कम्पनीका सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्न सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिवरेवाला सञ्चालकमा निर्वाचित भए। त्यसैगरी साधारण सभाले डा. माधव गिरीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.