कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति  ज्योति विकास बैंक गम्भीर ध्यानाकर्षण

कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति  ज्योति विकास बैंक गम्भीर ध्यानाकर्षण

काठमाडौं : ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भनि संवादका लागि टेलीफोनबाट कुराकानी भए बमोजिम यस बिकास बैंकको क्षेत्रीय कार्यालय बर्दिबासका २ जना कर्मचारीहरु कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा ऋणीसँग छलफल गर्न गएकोमा कर्मचारीहरुलाई फर्म रहेको स्थानमा ऋणी प्रा.लि.का संचालक, निजका परिवारका सदस्य तथा सहयोगीहरुले छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक घटनाको यस विकास बैंक घोर भर्त्सना गर्दछ। 

अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट घण्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा भएको यो घटना अत्यन्त खेदजनक रहेको छ । साथै, कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहिन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको व्यहोरा समेत सम्पुर्णमा जानकारी गराउँदछौं । 

यस ज्योति विकास बैंक लि. नियामक निकाय नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन, नियमको पालना गर्दै बैंकिग ब्यवसाय गर्ने राष्ट्रिय स्तरको विकास बैंकको हो र यसका कर्मचारीहरु उक्त ब्यवसाय सञ्चालन गर्ने साधक हुन्। सोही ब्यवसायिक दायित्व पालनाका क्रममा भएको यो घटना निकै नै दुर्भाग्यपुर्ण छ। हाल पछिल्ला समयहरुमा बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक तथा अपराधिक गतिविधिको निशानामा परिरहेकोमा यस विकास बैकका कर्मचारीहरु समेत यस्ता अपराधिक व्यक्तिहरुको निशानमा परेको प्रति दुःख व्यक्त गर्दै, यस्ता आपराधिक कार्यहरूको घोर निन्दा तथा भर्त्सना गर्दछौ। अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको लागि आवश्यक कानुनी प्रक्रिया समेत अघि बढाइसकीएको व्यहोरा जानकारी गराउँदछौं। साथै यस्ता अपराधिक मनसायले गरिने कार्यहरू विरुद्ध यस विकास बैंक सदैव कडा रूपमा उभिने प्रतिबद्धता समेत व्यक्त गर्दछौ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.