मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी थापाको मृत्यु

मोटरसाइकल दुर्घटनामा क्रिकेट खेलाडी थापाको मृत्यु

विराटनगर : विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। 
प्रहरीका अनुसार थापा विराटनगर महानगरपालिका–५ निवासी हुन्। 

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। 

राति करिब पौने १ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। राष्ट्रिय क्रिकेट खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ। 

राष्ट्रिय खेलाडीको निधनले परिवार, आफन्त र क्रिकेट प्रेमीलाई स्तब्ध बनाएको छ। परिवारका अनुसार मृतक थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्थे। एसपी कटवालले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.