एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त
काठमाडौं : नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाल्नु भएका श्री अशोक कुमार अग्रवालज्यू यस बैंकको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ।
बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालज्यूले आजै नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त वहाँले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याउनु भएको छ। उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस !