जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार दिउसो छेडागाड नगरपालिका– ९ पजारूबाट थलहतर्फ आउँदै गरेको क.प्र ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई छेडागाड ८ बहार्नखोला नजिक सडकबाट करिब एक सय पचास मिटर तल खस्दा चार जना घाइते भएका छन्। 

जिपमा चालकसहित ६ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा छेडागाड नगरपालिका–९ पजारूकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार दुर्घटनामा घाइते भएका चालक छेडागाड नगरपालिका–९ का अन्दाजी २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका–८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका–९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया शीतला रावत रहेका छन्। उनीहरू सबैको अवस्था मध्यम रहेको र उपचारका लागि नगर अस्पताल वडाबन जाजरकोट पठाइएको सूचना अधिकारी खड्काले दिए। उनका अनुसार दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय वडाबन जाजरकोटबाट करिब पाँच किलोमिटर दक्षिण–पश्चिम र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब ६८ किलोमिटर दक्षिण–पश्चिम दूरीमा पर्दछ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.