सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जना उम्मेदवार

सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जना उम्मेदवार
सुन्नुहोस्

सिन्धुपाल्चोक : प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोकको २ वटा क्षेत्रबाट ३६ जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ बाट १८ र क्षेत्र नं. २ बाट १८ जनाले मनोनयन दर्ता गरेका हुन् । सिन्धुपाल्चोक– १ बाट १५ जनाले विभिन्न दलबाट र ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् भने सिन्धुपाल्चोक– २ बाट पनि विभिन्न दलबाट १५ र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेको मूख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलले बताइन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर– १ बाट नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा एमालेका शरेश नेपाल, नेपाली कांग्रेसका जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुली, उज्यालो नेपाल पार्टीका प्रताप लामा, श्रम संस्कृति पार्टीका फुर्वा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणी न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का समिर श्रेष्ठले उम्मेदवारी दिएको मूख्य निर्वाचन कार्यालले जनाएको छ ।

कार्यालयका अनुसार सो क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीबाट गितादेवी कर्मचार्य, राष्ट्रिय जनमोर्चाबाट दावा ग्याम्छो लामा, नागरिक सर्वोच्चता पार्टीबाट अशोक कुमार श्रेष्ठ, मंगोल नेशनल अर्गनाईजेशनबाट दावा लामा, जनता समाजवादी पार्टीबाट पासाङ शेर्पा, आम जनता पार्टीबाट पासाङ तामाङ, मितेरी नेपाल पार्टीबाट राजन सुन्चुरीले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा स्वतन्त्रबाट सानु तामाङ, सन्तकुमार तामाङ र पदमबहादुर तामाङले उम्मेदवारी दिएको मूख्य निर्वाचन अधिकृत बख्रेलले बताइन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर– २ तर्फ नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, नेकपा एमालेका शेरबहादुर तामाङ, नेपाली कांग्रेसका बंशलाल तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपीकृष्ण चौलागाई, उज्यालो नेपाल पार्टीका रामसिं तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सोमान लामाले उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालले जनाएको छ ।

नेपाल मजदूर किसान पार्टीबाट म्हेन्दो तामाङ, नागरिक सर्वोच्चता पार्टीबाट सेरबहादुर तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट कर्णबीर स्यांबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, मितेरी नेपाल पार्टीबाट महेश कुँवर, संघीय लोकतान्तित्र राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमार तामाङले उम्मेदवारी दिएका छन् । 
स्वतन्त्रबाट सुन्दर अधिकारी, विजु श्रेष्ठ र दिपक ढकालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत बख्रेलले बताइन् । आगामी फागुन २१ मा हुने निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.