सेयर बजारमा करिब १० अंकको गिरावट, कारोबार रकम ८ अर्बमा झर्‍यो

सेयर बजारमा करिब १० अंकको गिरावट, कारोबार रकम ८ अर्बमा झर्‍यो

काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेको हो।

यसैगरी सेन्सेटिभ इण्डेक्स १.३५ अंकले घटेर ४६५.९० विन्दुमा अडिएको छ। यसदिन ३२४ वटा स्क्रिप्सको २ करोड १६ करोड ४१ हजार ८८३ कित्ता ८ अर्ब ९२ करोड ३६ लाख  ५० हजार ३४६ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा कम छ। सो दिन ११ अर्ब ८५ करोडको सेयर कारोबार भएको थियो। 

आज नेप्से परिसूचक घट्दा कुनै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।  कालिका पावरको सेयर सर्वाधिक ९.८४ प्रतिशतले बढ्यो। नारायणी डेभलपमेन्ट बैंकको सेयर ९.१६ प्रतिशतले बढ्दा रिभर फल्स  पावरको ५.५० प्रतिशत,विकास हाइड्रोपावरको ४.९८ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४३ करोड बराबरको सेयर खरिदबिक्री गर्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३५ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले ३३ करोड,युनाइटेड मोदी हाइड्रोपावरले २८ करोड र राधी विद्युतले २८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ८२ वटा स्टक्सको मूल्य बढ्दा १७४ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १२ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.