विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण
सुन्नुहोस्

महेन्द्रनगर : महेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गको ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको छ। भीमदत्तनगर कार्यपालिकाको निर्णयपछि शुक्रबार औपचारिक रूपमा उक्त चोकको नामकरण गर्दै विपिन जोशीको नाम लेखिएको बोर्ड राखिएको हो। 

भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगनसिंह धामीले विपिनले इजरायलमा देखाएको साहस र योगदानलाई स्मरण गर्नका लागि चोकको नाम विपिन राखिएको बताए। प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले ‘विपिन चोक’ नामकरण गरेर शालीक स्थापना गर्ने निर्णय गरेको थियो।

सोही स्थानमा विपिनको शालीक निमार्ण गर्ने भीमदत्त नगरपालिका –३ का वडा अध्यक्ष गगन धामीले बताए। उनका अनुसार सालिक निमार्णका लागि नगरपालिकाले दुई लाख बजेट विनियोजन गरिसकेको छ। “कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी सालिक बनाउने निर्णय भएको छ, ”अध्यक्ष धामीले भने,“सोही अनुरूप आज विपिन चोक नामकरण गरिएको छ। केही समयपछि सालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ।” 

यसअघि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको स्मृतिमा सालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए। विपिन चोक घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। भीमदत्त नगरकार्यपालिकाले विपिनलाई सहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस समेत गरेको वडाध्यक्ष धामीले बताए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए। उनीहरू इजरायल पुगेको महिना दिन नपुग्दै हमासको आक्रमणमा परेका थिए। हमासको आक्रमणमा परेर १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। बन्धक बनाएकै अवस्थामा विपिनको मृत्यु भएको हो।

गत कार्त्तिकमा इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले विपिनको शव हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.