सेयर बजारमा ४२ अंकको गिरावट, १३ वटै समूहको उपसूचक नकारात्मक

सेयर बजारमा ४२ अंकको गिरावट, १३ वटै समूहको उपसूचक नकारात्मक
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ३.०७ अंकले घटेको थियो। 

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा कमी आएको छ। ३३३ स्क्रिप्सको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन सोमबार १६ अर्ब ३५ मूल्य बराबरको सेयर कारोबार भएको थियो। 

नेप्से परिसूचक उच्च अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सप्तकोशी डेभलपमेन्ट बैंक,धर्मखोला हाइड्रोपावर र माया खोला हाइड्रोपावरको सेयर ८ प्रतिशत बढीले बढ्यो।

कारोबार रकमका आधारमा राधी खोला जलविद्युत अग्रस्थानमा रह्यो। सो कम्पनीले ५७ करोड ८५ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो। यस्तै एसवाइ प्यानल नेपालले ५७ करोडको सेयर कारोबार गर्दा आँखु खोला जलविद्युतले ५१ करोड,नगदी ग्रुपले ३९ करोड र बन्दिपुर केवलकारले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा २२४ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका  छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.