प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंकले घट्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १३.७७ अंकले घटेर २६८०.४३ विन्दुमा कायम भएको छ।
यो समयमा ६८ वटा स्क्रिप्सको १ लाख ६६ हजार ६९१ कित्ता सेयर १० करोड २८ लाख ६५ हजार ४७२ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा ४७ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !