प्रतिनिधिसभा सदस्य निर्वाचन

नवलपरासीमा हातहतियार बुझाउन अटेरी, ४०८ मध्ये १८ थान मात्रै संकलन

नवलपरासीमा हातहतियार बुझाउन अटेरी, ४०८ मध्ये १८ थान मात्रै संकलन
फाइल तस्बिर ।

परासी : निर्वाचन नजिकिँदै गर्दा नवलपरासीमा अवैधरुपमा राखिएको हतियार बरामद भएका छन् । सीमावर्ती क्षेत्र सुस्तामा हतियार बरामद भएको हो । प्रहरीले सुस्ता गाउँपालिका–५ बलिनगरका ४५ वर्षीय श्रीराम पटेलको घरबाट हतियार बरामद गरेको हो । 

घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा १२ बोरको एक नाले बन्दुक,दुई थान कार्टिज, खाली खोका एक थान, छर्राहरू र छर्रा बनाउने साँचो फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले जानकारी दिए ।

 हतियार लुकाएर राख्ने कुर्मी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैबीच निर्वाचनलाई लक्षित गरेर सुरक्षा निकायले इजाजत (अनुमति) लिएका हतियार बुझाउन सूचनामार्फत आग्रह गरेको छ ।

 चैत २० गतेसम्मको एक महिनाको समय सीमा राखेर हतियार बुझाउन आग्रह गरेपनि अहिलेसम्म १८ थान हतियार मात्र संकलन भएको छ । जिल्लामा ४०८ हतियार सर्वसाधारणले अनुमति लिएर राखेका छन् । 

तिमध्ये अधिकांश हतियार नवीकरण नै गरिएका छैनन् । अझै ३९० हतियार व्यक्तिका घरमै छन् ।  ती हतियारको अवस्था के छ भन्नेमा सुरक्षा निकाय नै अनविज्ञ जस्तै छ । ‘निर्वाचनको समयमा गलत प्रयोग हुन्छ भनेर हतियार बुझाउन सूचना निकालेका हौं । नबुझाएकाले तत्काल बुझाउनका लागि मातहतका प्रहरी कार्यालयमार्फत पनि जानकारी दिएका छौं । त्यति गर्दा पनि नबुझाए कानुनअनुसार हुन्छ ,'डीएसपी पन्तले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.