नामावलीमा मतदाता, गाउँघर रित्तै

नामावलीमा मतदाता, गाउँघर रित्तै
सुन्नुहोस्

गुलरिया : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । आयोगले नामावली रुजुसमेत गरिसकेको छ ।

बर्दियाको कुल ४ लाख ५९ हजार ९०० जनसंख्यामध्ये गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया र बाँसगढी नगरपालिका तथा गेरुवा र बढैयाताल गाउँपालिकामा १ लाख ६३ हजार ८७३ महिला, १ लाख ५९ हजार ३८७ पुरुष र ६ जना अन्य गरी ३ लाख २३ जार २६६ मतदाता छन् । जसमा महिलाको संख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका जिल्ला निर्वाचन अधिकारी लालबहादुर मल्लले जानकारी दिए । दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा–१ मा १ लाख ६१ हजार ४७३ जना र क्षेत्र नम्बर २ मा १ लाख ६१ हजार ७९३ जना मतदाता छन् । बर्दिया क्षेत्र नम्बर २ मा ३ सय २० जना मतदाता बढी छन् ।

बर्दिया–१ मा गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र बारबर्दिया नगरपालिकाको ४ देखि ११ सम्मको ८ वटा वडाहरू पर्दछन् । जसअन्तर्गत गुलरिया नगरपालिकामा ४५ हजार ४८२ मतदाता छन् । त्यस्तै बाँसगढी नगरपालिकामा ४६ हजार ६१७ र बढैयाताल गाउँपालिकामा ३८ हजार ४० मतदाता र बारबर्दिया नगरपालिकाका ८ वटा वडामा ३१ हजार ३ सय ३४ गरी १ लाख ६१ हजार ४७३ मतदाता रहेको निर्वाचन अधिकारी मल्लले प्रस्ट्याए ।

बर्दिया–२ मा मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिकाका १ देखि ३ सम्मका ३ वटा वडाहरू पर्दछन् । जसअन्तर्गत मधुवन नगरपालिकामा ३५ हजार ५५०, राजापुर ४५ हजार ८३५, ठाकुरबाबा ४७ हजार ७५१ र बारबर्दिया नगरपालिकाका ३ वटा वडामा ६ हजार ५६१ गरी १ लाख ६१ हजार ७९३ मतदाता रहेको उनको भनाइ छ । प्रतिनिधि तथा प्रदेससभा सदस्य निर्वाचन २०७९ मा बर्दियामा ३ लाख १५ हजार २८४ मतदाता थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा ७ हजार ९८२ मतदाता बढेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा वृद्धि भए पनि गाउँ घरमा मतदाता छैनन् । वैदेशिक रोजगारी, अध्ययनलगायत विविध कारणले गर्दा मतदाता देश तथा जिल्लाबाहिर छन् । निर्वाचनकै लागि भनेर वैदेशिक रोजगारीबाट मतदाता फर्किने अवस्था छैन । नजिकका जिल्लामा अध्ययनलगायत रोजगारीका लागि पुगेका केही मतदाता मतदानमा फर्किए पनि अन्य मतदाता फर्किने अवस्थाको यकिन नभएको गुलरिया नगरपालिकाका नगरप्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष सुधांशु प्रकाश शर्माले बताए ।

असोज महिनादेखि माघ २५ सम्म जिल्ला प्रशासन कार्यालय बर्दियाबाट राहधानीका लागि ३ हजार ४५२ जनाले आवेदन दिएका छन् । सोही अवधिमा २ हजार ७१२ जनाले पासपोर्ट बनाएर लगिसकेको प्रशासन कार्यालयमा रहेको राहदानी शाखाको तथ्यांक छ । आवेदन दिएका र पासपोर्ट लगिसकेका गरी ६ हजार १६० जना तेस्रो मुलुकको तयारीमा छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा दैनिक ३५ देखि ४० जना सम्म पासपोर्ट बनाउन आउने गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । तथ्यांकबाट पनि मतदाता नामावलीमा नाम भएका सबै मतदानमा सहभागी नहुन सक्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.