मतपत्रसहितका सरसामान बोकी निर्वाचनस्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू

मतपत्रसहितका सरसामान बोकी निर्वाचनस्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू
सुन्नुहोस्

तानसेन : प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पाल्पाका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्रसहितका सरसामान बोकी मतदान स्थलमा खटिएका छन्। निर्वाचन अधिकृतको कार्यालयबाट मतदानका लागि चाहिने मतपत्रसहित ६० प्रकारका आवश्यक सामग्री बुझी, रुजु गरी मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरू आ–आफ्ना मतदान केन्द्रमा खटिएका छन्।

पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा निकै भीडभाड देखियो। फागुन २१ गते हुने निर्वाचनका लागि मतपत्रसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू आवश्यक सरसामान बोकेर सहर छोडी गाउँ–गाउँका मतदान स्थलमा खटिएका छन्। 

मतदान केन्द्रमा खटिएका कर्मचारीहरू उत्साहका साथ मतदानका सरसामान बुझेर सुरक्षाकर्मीको साथमा मतदान स्थलमा लागेका हुन्। मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी, परक केन्द्रका कर्मचारीहरू बैठक बस्ने, कार्य विभाजन गर्ने र विभिन्न किसिमका सूचनाहरू टाँस गर्ने रैनादेवी मावि मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सुरेश भुसालले बताए।

पाल्पाका ११८ मतदान स्थलका २५३ केन्द्रमा मतपत्रसहित आवश्यक सरसामान लिएर पुगेका छन्। पाल्पाका अति दुर्गम क्षेत्रका मतदान अधिकृतहरू बिहानै मतपत्रसहितका सामग्री बुझेर मतदान स्थलमा पुगिसकेका छन्। मतदान स्थलमा पुगि सकेपछि मतदान केन्द्र बैठक गर्ने, मतदान स्थलका अन्य केन्द्रहरूसँग पनि सामूहिक बैठक बस्ने, मतदान स्थलमा विभिन्न प्रकारका सूचनाहरू टाँस गर्ने, सर्वदलीय बैठकका लागि स्थानीय स्तरमा रहेका राजनीतिक दलहरूलाई पत्राचार गर्ने काम गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाल्पाका दुवै निर्वाचन क्षेत्रका ११८ मतदान स्थलका २५३ मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठकसहित निर्वाचन आयोगले तोकेका निर्वाचनसम्बन्धी विभिन्न किसिमका सूचनाहरू टाँस्ने छन्। पाल्पाका दुवै निर्वाचन अधिकृतको कार्यालयदेखि टाढाका मतदान केन्द्रहरूमा बिहानै, मध्यम दूरी भएका मतदान केन्द्रका कर्मचारीलाई दिउँसो र नजिकका मतदान केन्द्रका कर्मचारीलाई अन्तिम मतपत्र वितरण गरिएको छ। 

पाल्पाका ११८ वटै मतदान स्थलका २५३ वटा मतदान केन्द्रमा फागुन १८ गते नै सुरक्षाकर्मीको साथमा मतदान अधिकृतसहित कर्मचारी पुगेर फागुन २१ को निर्वाचनको आवश्यक तयारीमा जुटेको पाल्पाका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले बताए।

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरू उत्साहित हुँदै मतदान स्थलमा खटिएका छन्। फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरू सक्रिय रहेका छन्। पाल्पाको क्षेत्र नम्बर १ मा ५२ मतदान स्थलमा ११७ केन्द्र रहेका छन् भने क्षेत्र नम्बर २ मा ६६ वटा मतदान स्थलमा १३४ केन्द्र रहेका छन्। दुवै क्षेत्रमा गरी कुल २ लाख ७ हजार ४ सय ३६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन्।

निर्वाचनको सुरक्षाका लागि ७ सय ५१ नेपाल प्रहरी र १ हजार ४ सय १३ म्यादी प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरीका १६ वटा मोबाइल टोली र नेपाली सेनाका ४ वटा सीओबी, १० वटा पीओबी र सबै मतदान स्थलमा एसओबी परिचालन भएका छन्। दुई सिटका लागि ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकाले पाल्पामा अब सबैको ध्यान फागुन २१ को मतदानतर्फ केन्द्रित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.