प्रदेश निर्वाचन सुरक्षा समितिले गर्‍यो नाका र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिले गर्‍यो नाका र मतदानस्थलको निरीक्षण
सुन्नुहोस्

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेको छ।

मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठ प्रसाद अर्याल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनिका निमित्त वाहिनीपति दिगविजय सुवेदी, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओम बहादुर राना लगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेका हुन्। 

नाकाको निरीक्षणपछि उक्त टोलीले दोधारा चाँदनी स्थित मतदानस्थलको समेत निरीक्षण गरेको छ। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातदेखि नै सीमा नाकाहरू सिल गरिएका छन्। अत्यावश्यक सेवासँग जोडिएका आवागमन बाहेकलाई आवागमनमा रोक लगाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.