हिमाली भेगमा मतदान सुरु
गोरखा : गोरखाको हिमाली भेगम मतदान सुरु भएको छ। गोरखा र तिब्बतको सीमा क्षेत्रमा अवस्थित गौरीशंकर आधारभूत विद्यालय सामागाउँ केन्द्रमा मतदान सुरु भएको मतदान अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ७ बजेबाट देशर मतदान सुरु भएको छ। आज बिहान ७ बजेदेखि बजेसम्म देशका ७७ वटै जिल्लामा एकै चरणमा मतदान सुरु भएको हो। आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थान गरी २७५ स्थानका लागि निर्वाचन हुँदैछ।
प्रतिनिधिसभा विघटन गरेर जेनजी आन्दोलनलाई सम्बोधन गर्न संवैधानिक र राजनीतिक प्रक्रिया मिचिए। तिनै प्रक्रियालाई ‘लिक’ मा ल्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न निर्वाचन हुँदैछ। यो निर्वाचनले ‘संवैधानिक र राजनीतिक’ प्रक्रियालाई लिकमा ल्याउने मात्र नभई देशकै भाग्य र भविष्य फैसला गर्ने भएकाले पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्।
प्रतिक्रिया दिनुहोस !