डोटीमा अहिलेसम्म १५.२ प्रतिशत मत खस्यो
डोटी : डोटीमा बिहान ११ बजेसम्म १५.२ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभरी १९ हजार पाँच सय ४४ मत खसेको छ ।
जिल्लाका सबै एक सय ८० मतदान केन्द्रमा बिहान ७ बजेदेखिनै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिएका छन् ।
सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
अहिलेसम्म खसेको मतदानमा १० हजार छ सय ६८ महिला मतदाताले र आठ हजार आठ सय ७६ पुरूष मतदाताले मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !