काठमाडौं–१० मा रास्वपाका प्रदिप विष्ट अगाडि
काठमाडौं : काठमाडौं–१० मा जारी मत गणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार प्रदिप विष्टले ७२६७ मतसहित अग्रता बनाएका छन् । हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार विष्ट भारी मतले अगाडि देखिएका हुन्।
यस्तै नेपाली कांग्रेसका हिमाल कार्की १७४४, राप्रपाका बलराम थापा ११९४, नेकपा एमालेका विनोद श्रेष्ठ १०६७, उज्यालो नेपाल पार्टीका राकेश न्यौपाने ५४७ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !