उपत्यकाका १५ क्षेत्रमध्ये रास्वपा एकमा विजयी, ११ मा अगाडि, ललितपुर–१ मा कांग्रेस
काठमाडौँ : काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै क्षेत्रमा अगाडि रहेको छ । काठमाडौंका मतगणना जारी रहेका क्षेत्रमा रास्वपाले अग्रता बनाइरहेको छ ।
काठमाडौं–१ मा रञ्जु दर्शना विजयी भएकी छन् । तर निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं– ३ मा राजुनाथ पाण्डे, काठमाडौं– ४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं– १० मा प्रदीप विष्टले अग्रता लिइरहेका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता बनाइरहेको छ । भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर– २ मा राजीव खत्रीले अग्रता बनाएका छन् । ललितपुर–३ मा तोसिमा कार्की र ललितपुर–२ मा जगदीश खरेलले अग्रता लिएका छन् । यता नेपाली कांग्रेसका उदय शमशेर राणाले ललितपुर–१ मा अग्रता लिएका छन् ।
प्रतिक्रिया दिनुहोस !